News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

मतगणना जारी रहँदा रहँदै मादी गाउँपालिकामा कांग्रेसले बोलायो विजयउत्सवका लागि सबैलाई

पोखरा, ३ जेठ । एउटा वडाको मतगणना जारी रहँदा रहँदै कास्कीको मादी गाउँपालिकामा नेपाली कांग्रेसले विजय यात्राका लागि सूचना जारी गर्दै आफ्ना कार्यकर्ता, शुभचिन्तक तथा नेताहरुलाई बोलाएको छ । नेपाली कांग्रेस कास्कीका सचिव समेत रहेका स्थानीय युवा नेता भानु ढकालले मादी गाउँपालिकाका सम्पूर्ण पार्टीबाट विजयी जनप्रतिनिधिहरु, सत्तारुढ गठबन्धन दलका नेताहरु, नेपाली कांग्रेसका सबै नेता, कार्यकर्ता एवं भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरुलाई विजय उत्सव मनाउन याङ्जाकोटमा निमन्त्रणा गरेका हुन् ।

वडा नं. १२ को मतगणना जारी रहँदै गर्दा १ हजार मतान्तरले जित्ने पक्का भएको भन्दै नेपाली कांग्रेसले विजय उत्सवको आयोजना गरेको हो । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका देवीजङ्ग गुरुङ र नेकपा एमालेका तर्फबाट महेन्द्र गुरुङ चुनावी मैदानमा उत्रिएका थिए । उपाध्यक्षमा एमालेका तर्फबाट कल्पना गुरुङ र गठबन्धनका तर्फबाट लालबहादुर गुरुङले प्रतिस्पर्धा गरेका थिए ।

मादी गाउँपालिकाको वडा नं. १ मा कांग्रेसले प्यानलसहित, २ मा वडाध्यक्षमात्र, ३ मा प्यानलसहित, ५ मा अध्यक्ष र दुईवटा सदस्य, १० मा अध्यक्षमात्र, ११ मा प्यानलसहित जीत हासिल गरेको थियो ।

डनन्यूज ट्रेन्डिङ