
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, ३ जेठ । एउटा वडाको मतगणना जारी रहँदा रहँदै कास्कीको मादी गाउँपालिकामा नेपाली कांग्रेसले विजय यात्राका लागि सूचना जारी गर्दै आफ्ना कार्यकर्ता, शुभचिन्तक तथा नेताहरुलाई बोलाएको छ । नेपाली कांग्रेस कास्कीका सचिव समेत रहेका स्थानीय युवा नेता भानु ढकालले मादी गाउँपालिकाका सम्पूर्ण पार्टीबाट विजयी जनप्रतिनिधिहरु, सत्तारुढ गठबन्धन दलका नेताहरु, नेपाली कांग्रेसका सबै नेता, कार्यकर्ता एवं भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरुलाई विजय उत्सव मनाउन याङ्जाकोटमा निमन्त्रणा गरेका हुन् ।
वडा नं. १२ को मतगणना जारी रहँदै गर्दा १ हजार मतान्तरले जित्ने पक्का भएको भन्दै नेपाली कांग्रेसले विजय उत्सवको आयोजना गरेको हो । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका देवीजङ्ग गुरुङ र नेकपा एमालेका तर्फबाट महेन्द्र गुरुङ चुनावी मैदानमा उत्रिएका थिए । उपाध्यक्षमा एमालेका तर्फबाट कल्पना गुरुङ र गठबन्धनका तर्फबाट लालबहादुर गुरुङले प्रतिस्पर्धा गरेका थिए ।
मादी गाउँपालिकाको वडा नं. १ मा कांग्रेसले प्यानलसहित, २ मा वडाध्यक्षमात्र, ३ मा प्यानलसहित, ५ मा अध्यक्ष र दुईवटा सदस्य, १० मा अध्यक्षमात्र, ११ मा प्यानलसहित जीत हासिल गरेको थियो ।