News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

पोखरा महानगरपालिकाको मेयरमा धनराज र उपमेयरमा मञ्जुको अग्रता

पोखरा, २ जेठ । पोखरा महानगरपालिकाको जारी मतगणनाको पछिल्लो जानकारी अनुसार मेयरमा धनराज आचार्यले निरन्तर र पछिल्लो समयमा उपमेयरमा मञ्जु गुरुङले अग्रता लिएका छन् ।

सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ४हजार ४१ मतका साथ अग्रता लिएका छन् । त्यसैगरी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ३ हजार ६ सय ५७ मतले पछ्याई रहेका छन् । मेयरमा अन्य दावेदारहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले ५ सय मत र स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल (गनेस)ले दुईसय ३२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, उपप्रमुखमा भने एमालेकी मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन् । उनले प्राप्त गरेको मत ४ हजार एकसय ९१ रहेको छ । निरन्तर अग्रता लिएकी नेपाली कांग्रेसकी कोपिला रानाभाटले यसपटक भने ८० मतले पछि परेकी छिन् । उनले ४ हजार एकसय ११ मत प्राप्त गरेकी छिन् । त्यसैगरी उपमेयरका अन्य दावेदारमा राप्रपाकी रञ्जना सेनले सातसय ६६ मत प्राप्त गरेक छिन् । मतगणना जारी छ । अहिलेसम्म पोखरा महानगरपालिकाका वडा नं. १, २, १२, २३, २४, २५ र ३ को मतगणना कार्य चलिरहेको छ ।

डनन्यूज ट्रेन्डिङ