
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, २ जेठ । पोखरा महानगरपालिकाको जारी मतगणनाको पछिल्लो जानकारी अनुसार मेयरमा धनराज आचार्यले निरन्तर र पछिल्लो समयमा उपमेयरमा मञ्जु गुरुङले अग्रता लिएका छन् ।
सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ४हजार ४१ मतका साथ अग्रता लिएका छन् । त्यसैगरी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ३ हजार ६ सय ५७ मतले पछ्याई रहेका छन् । मेयरमा अन्य दावेदारहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले ५ सय मत र स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल (गनेस)ले दुईसय ३२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, उपप्रमुखमा भने एमालेकी मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन् । उनले प्राप्त गरेको मत ४ हजार एकसय ९१ रहेको छ । निरन्तर अग्रता लिएकी नेपाली कांग्रेसकी कोपिला रानाभाटले यसपटक भने ८० मतले पछि परेकी छिन् । उनले ४ हजार एकसय ११ मत प्राप्त गरेकी छिन् । त्यसैगरी उपमेयरका अन्य दावेदारमा राप्रपाकी रञ्जना सेनले सातसय ६६ मत प्राप्त गरेक छिन् । मतगणना जारी छ । अहिलेसम्म पोखरा महानगरपालिकाका वडा नं. १, २, १२, २३, २४, २५ र ३ को मतगणना कार्य चलिरहेको छ ।