
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
मनाङ, ३१ वैशाख । मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् । लामाले १ सय ५८ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी स्वतन्त्रका कृष्णबहादुर लामाले १ सय ११ मत ल्याएका थिए ।
कोन्जो तेन्जिङ लामा यसअघिको निर्वाचनमा स्वतन्त्रबाट नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा निर्विरोध भएका थिए । पछि कांग्रेस प्रवेश गरेका उनलाई स्थानीय तह निर्वाचन २०७९ मा कांग्रेसले अध्यक्षमा चुनाव लड्न टिकट दिएका थिए । अध्यक्षमा उम्मेदवारी दिएका स्वतन्त्रका मिङमार सोनम लामाले भने उम्मेदवारी फिर्ता लिएका छन् ।
यसअघि उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भएका चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपाध्यक्षमा कांग्रेस, स्वतन्त्र लगायतले उम्मेदवारी दर्ता नगरेपछि मेङमरको एकल उम्मेदवारी परेको हो । नार्पाभूमि गाउँपालिकामा ४ सय ४८ मतदाता रहेकोमा ३ सय ४ मत अर्थात ६७ दशमलब ८५ प्रतिशत मत खसेको थियो ।
नार्पाभूमि गाउँपालिका १ मा कांग्रेसका फुर्वा ठेले लामा निर्विरोध भइसकेका छन् । वडा नं. २ मा स्वतन्त्रका फुन्चोक वङगे लामा ४१ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्रका फुन्जो पासाङ लामाले २१ मत ल्याएका छन् । वडा नं. ३ मा स्वतन्त्रका लाक्पा छेवाङ लामा २५ मतका साथ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी पेम्बा फुन्जो लामाले २१ मत ल्याएका छन् । वडाध्यक्षका प्रत्यासी नेकपा एमालेका साङगे धावा लामाले १८ मत र स्वतन्त्र उम्मेदवार साङमो छिमी लामाले ४ मत ल्याएका छन् । वडा नं. ४ को अध्यक्षमा स्वतन्त्रका कर्मा ग्याङ्जे लामा र वडा नं. ५ को अध्यक्षमा सोनाम तेजे लामा निर्विरोध भएका छन् । दुवैजना एमाले समर्थित हुन् ।