News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

दाङ, २९ वैशाख । नेकपा कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । पोखराबाट कोहलपुर जाँदै गर्दा आज बिहीबार बिहान ५ बजे दाङको भालुवाङबाट नेता बास्तोलालाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बुटवलमा बम विस्फोट गराएको आशंकामा प्रहरीले उनलाई गिरफ्तार गरेको जनाइएको छ । सोहि पार्टीका नेता गुणराज लोहनीले बास्तोलाको गिरफ्तारी षडयन्त्रपूर्वक भएको भन्दै तुरुन्त रिहाइको माग गरेका छन् ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा विभाजन भएपछि केही दिन अघिमात्र नेकपा (बहुमत) पार्टी गठन गर्दै नवौं महाधिवेशन आयोजक समितिको संयोजकमा रुपमा नेता बाँस्तोला ‘कञ्चन’ रहेका थिए । चुनावमा सहभागि हुने कि नहुने विषयमा भएको विभेदले नेकपा दुई टुक्रा भएको थियो । चुनाव वहिष्कारको नीति लिएर अगाडि बढेको नेकपा (बहुमत)का संयोजक नेता बास्तोलालाई के गर्ने भन्ने विषयमा सुरक्षा निकायको छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ ।

डनन्यूज ट्रेन्डिङ