
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, २७ वैशाख । पोखरा महानगरपालिकाबाट साझा उम्मेदवार बनेको नेकपा एकिकृत समाजवादीका धनराज आचार्य र नेपाली कांग्रेसकी कोपिला रानाभाटले आफूहरु निर्वाचित भएदेखि एकवर्ष भित्र गर्ने कामको कार्ययोजना प्रस्तुत गरेका छन् ।
उनीहरुले पदवहालीको दिनमा नै महानगरमा सेवाग्राहीलाई अत्यावश्यक सिफारिस निःशुल्क गर्ने कार्यक्रम तय गरेका छन् । एक महिना भित्र हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने बताएका छन् । ३ महिना भित्र घुम्ती अस्पताल सञ्चालन गर्ने, जेष्ठ नागरि भत्ता घरदैलोमा उपलब्ध गराउने, महानगरको केन्द्रदेखि विभिन्न गाउँसम्म पुग्नका लागि साझा बस सेवा सञ्चालन गर्ने कार्यक्रम बनाएका छन् ।
यस्तै महानगरीय करको दायरा फराकिलो बनाउने कार्यविधि निर्माण, कोठा कोठा चाहार्न नपर्ने एकद्धार नीति तत्काल लागू गर्ने, अनुसन्धानमा आधारित भएर आवश्यकता अनुसारको विकास परियोजना प्राथमिकता निर्धारण गर्ने, प्राथमिकता तोकेर परिचयपत्र वितरण गर्ने ३ महिनामा गरिसक्ने कार्यक्रम गठबन्धनले बनाएको छ ।
त्यस्तै ६ महिनाभित्र आमा समुहहरुलाई ‘एक समुह एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्ने, परियोजना धितोमा युवा व्यावसायीका लागि १० लाख सम्मको स्टार्ट अपका रुपमा ऋण लगानी गर्ने, अति विपन्नलाई निशुल्क स्वास्थ्य विमा, कृषि उत्पादनमा समर्थन मुल्य कायम गरी महानगरले न्यूनतम मुल्यमा खरिद गर्ने व्यवस्था गर्ने, पाटी, पौवा, ढुंगेधारा, चौतारी लगायत सम्पदाको संरक्षण गर्न विषेश प्याकेज ल्याउने कार्यक्रम बनाएका छन् ।
गठबन्धनले जितको खण्डमा महानगरमा कार्यरत विदेशी नागरिकहरुलाई वर्कपरमिटको व्यवस्था गरी करको दायरामा ल्याउने, विजनेश ईन्क् युवेशन ल्याव खोल्ने, वेस्ट बैंक मार्फत फोहर खरिद प्रणाली सुरु गर्ने, मेट्रिन ठेगना प्रणाली लागू गर्ने, स्कूल टू वर्क कार्यक्रम सञ्चालन, एक घर एक बगैंचा कार्यक्रम, जेष्ठ नागरिक स्याहार केन्द्र स्थापना, पोखराका प्रसिद्ध तालबाट रारा लगायत प्रमुख तालहरुमा इन्टरलेक एअर कनेक्सन गर्ने जस्ता कार्यक्रम निर्वाचित भएको ६ महिनाभित्र गरिसक्ने गठबन्धनका मेयर उपमेयरले प्रतिवद्धता जनाएका छन् ।