
१राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर प्रमुख
२पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
३लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
४माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
५रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
६प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
७रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
८रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
९नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१०प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
११सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
पोखरा, २२ वैशाख । पोखरा-२८ का घर घरमा धारा छन् तर खानेपानी छैन । यस्तो अवस्था यहाँमात्र होइन, महानगरका धेरै वडामा छ । सत्ता गठबन्धनका उम्मेदवारले बिहीबार पोखरा २८, ३१ र ११ का नागरिकबाट खानेपानीसँगै सडक, स्वास्थ्य, सेवा प्रवाह आदिमा भएका समस्या सुने ।
पोखरा महानगरको मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले महानगरमा खानेपानीको समस्या रहेको उल्लेख गर्दै आफूहरुले जितेमा यही कार्यकालभित्रै समस्या समाधान गर्ने योजना सुनाए । उनले भने, ‘भइरहेका योजना सुधार, नयाँ योजना सञ्चालन, लिफ्टिङ, बोरिङ जस्ता उपाय अपनाएर भए पनि नागरिकलाई खानेपानी दिनैपर्छ । खानेपानी, बाटो, सडक, स्वास्थ्य, शिक्षाको प्रबन्धै नभएको कसरी महानगर हुन्छ ?’ उनले एउटा परिवारलाई हरेक महिना ५ हजार लिटर पानी सित्तैमा उपलब्ध गराउने प्रतिवद्धतासमेत गरे ।
आफूहरुले जितेमा एकै कोठाबाट नागरिकलाई सबै सेवा दिने उनको प्रतिवद्धता थिए । उनी भन्छन्, ‘नागरिकलाई महानगरको आभास दिलाउन पनि यो जरुरी छ । हामी गफ गर्दैनौं, ३ महिनाभित्रै यस्तो सेवा सुरु गर्छाैं ।’ उनले आफूहरुले पद बहाली गरेकै दिनदेखि अत्यावश्यक सिफारिस निःशुल्क गरिने प्रतीज्ञा गरेका छन् ।
उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले महानगरमा पछि थपिएका वडामा खानेपानी र सडककै मुख्य समस्या रहेको उल्लेख गर्दै आफूहरुले योजनावद्ध रुपमा ती समस्या समाधान गर्ने सुनाइन् । पोखरालाई युग सुहाउँदो आधुनिक सहर र त्यस अनुरुपमा पूर्वाधार र विकास, निर्माण नै आफूहरुको अर्जुनदृष्टि भएको उनको भनाइ छ ।
पोखरा २८ को ओख्ले, आरुपाटा, डाँडा गाउँ, देउमाडी, माझठाना लाम्चे, सौर्य लगायतका अधिकांश भेगमा पानीको हाहाकार भएको उल्लेख गर्दै आचार्यले खानेपानीसँगै पर्यटन पूर्वाधारको विकास गर्ने जिम्मेवारी पूरा गर्ने आश्वासन दिए । उनले विगतका मेयर। उपमेयरले विकासको आयोजना आफ्नो वडामा मात्रै केन्द्रित गरेको दाबी गरे । विगतमा घोषणा पत्रमा भएका विषयलाई पालना नगरेकै कारण पोखराको विकासपछि परेको उनको आरोप छ ।
महानगरको नेतृत्व असक्षम र जनताप्रति इमानदार नभए महानगर लथालिंग हुने उनको भनाइ त । उनले भने, ‘हामी घोषणापत्रको अक्षरशः पालना गर्नेछौं । यसअघि घोषणापत्र पालना नगरेकै कारण आज यो अवस्था आएको हो ।’
पोखरा ३१ मा अवस्थित बेगनासतालको विकास योजनावद्ध रुपमा गरिने उनको भनाइ छ । ‘पोखरा फेवातालको सहरमात्र नभई बेगनास र रुपातालको सहर पनि हो’, उनले भने, ‘हिजोको सरकारले पोखरा ३१ लाई उपेक्षा ग¥यो, हामी गर्ने छैनौं । ३१ मा विकासको लहर ल्याउन गठबन्धनलाई जिताऔं ।’
उपमेयरकी उम्मेदवार रानाभाटले गठबन्धनको नेतृत्वमा नै पोखरा महानगरले मुहार फेर्ने बताइन् । लामोसमयदेखि कालिका, माझठाना पूर्वाधार विकासको दृष्टिकोणबाट पछाडि परेको उल्लेख गर्दै उनले पाखा, पखेरा र टोल टोलको विकास गठबन्धनले नै गर्ने प्रतिबद्धता गरिन् ।
कांग्रेस कास्की सभापति किशोरदत्त बरालले विकासका लागि राजनीतिक नाराको पछि लागेर नहुने बताए । उनले ५ वर्षमा राजनीति नाराको पछि लाग्दा स्थानीयले पाउनुपर्ने विकास नपाएको तर्क गरे । देशको लोकतन्त्र खतरामा पर्दा ५ दल मिलेर रक्षा गरेकाले गठबन्धनलाई जिताउन उनले आग्रह गरे ।
नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य श्रीनाथ बरालले संविधान जोगाउन र प्रतिगमन अन्त्य गर्न गठबन्धन गरेको सुनाए । ‘विगतमा हामीले दुईतिहाई मत पायौं तर घोषणापत्र अनुसार काम हुन सकेन’, उनले भने, ‘ हामीले किन विद्रोह ग¥यौं ? पार्टीमा हामीले समस्याका कुरा उठायौंं तर राम्रो कुरा नसुन्ने । सही कुरा गर्दा बेवास्ता गरियो त्यसैले गठबन्धन ग¥यौं ।’ अब प्रदेश र संघमा पनि गठबन्धनबाटै जानुपर्ने उनको मत छ ।
कांग्रेसकी महासमिति सदस्य सरस्वती गुरुङले आफ्नै पार्टीले अनावश्यक दबाब दिएर मानबहादुर जिसी अस्वस्थ भएको दाबी गरिन् । जिसीको स्वास्थ्य लाभको कामना गर्दैै उनले स्वस्थ हुँदा पनि कुनै देखिने गरी काम गर्न नसकेको उनले टिप्पणी गरिन् । मेयर जिसीले आफ्नै वडाको विकास नगरेका कारण पनि यस पटक गठबन्धनले नेतृत्व लिनैपर्ने उनको तर्क छ ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए