
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, २२ वैशाख । पोखरा-२८ का घर घरमा धारा छन् तर खानेपानी छैन । यस्तो अवस्था यहाँमात्र होइन, महानगरका धेरै वडामा छ । सत्ता गठबन्धनका उम्मेदवारले बिहीबार पोखरा २८, ३१ र ११ का नागरिकबाट खानेपानीसँगै सडक, स्वास्थ्य, सेवा प्रवाह आदिमा भएका समस्या सुने ।
पोखरा महानगरको मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले महानगरमा खानेपानीको समस्या रहेको उल्लेख गर्दै आफूहरुले जितेमा यही कार्यकालभित्रै समस्या समाधान गर्ने योजना सुनाए । उनले भने, ‘भइरहेका योजना सुधार, नयाँ योजना सञ्चालन, लिफ्टिङ, बोरिङ जस्ता उपाय अपनाएर भए पनि नागरिकलाई खानेपानी दिनैपर्छ । खानेपानी, बाटो, सडक, स्वास्थ्य, शिक्षाको प्रबन्धै नभएको कसरी महानगर हुन्छ ?’ उनले एउटा परिवारलाई हरेक महिना ५ हजार लिटर पानी सित्तैमा उपलब्ध गराउने प्रतिवद्धतासमेत गरे ।
आफूहरुले जितेमा एकै कोठाबाट नागरिकलाई सबै सेवा दिने उनको प्रतिवद्धता थिए । उनी भन्छन्, ‘नागरिकलाई महानगरको आभास दिलाउन पनि यो जरुरी छ । हामी गफ गर्दैनौं, ३ महिनाभित्रै यस्तो सेवा सुरु गर्छाैं ।’ उनले आफूहरुले पद बहाली गरेकै दिनदेखि अत्यावश्यक सिफारिस निःशुल्क गरिने प्रतीज्ञा गरेका छन् ।
उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले महानगरमा पछि थपिएका वडामा खानेपानी र सडककै मुख्य समस्या रहेको उल्लेख गर्दै आफूहरुले योजनावद्ध रुपमा ती समस्या समाधान गर्ने सुनाइन् । पोखरालाई युग सुहाउँदो आधुनिक सहर र त्यस अनुरुपमा पूर्वाधार र विकास, निर्माण नै आफूहरुको अर्जुनदृष्टि भएको उनको भनाइ छ ।
पोखरा २८ को ओख्ले, आरुपाटा, डाँडा गाउँ, देउमाडी, माझठाना लाम्चे, सौर्य लगायतका अधिकांश भेगमा पानीको हाहाकार भएको उल्लेख गर्दै आचार्यले खानेपानीसँगै पर्यटन पूर्वाधारको विकास गर्ने जिम्मेवारी पूरा गर्ने आश्वासन दिए । उनले विगतका मेयर। उपमेयरले विकासको आयोजना आफ्नो वडामा मात्रै केन्द्रित गरेको दाबी गरे । विगतमा घोषणा पत्रमा भएका विषयलाई पालना नगरेकै कारण पोखराको विकासपछि परेको उनको आरोप छ ।
महानगरको नेतृत्व असक्षम र जनताप्रति इमानदार नभए महानगर लथालिंग हुने उनको भनाइ त । उनले भने, ‘हामी घोषणापत्रको अक्षरशः पालना गर्नेछौं । यसअघि घोषणापत्र पालना नगरेकै कारण आज यो अवस्था आएको हो ।’
पोखरा ३१ मा अवस्थित बेगनासतालको विकास योजनावद्ध रुपमा गरिने उनको भनाइ छ । ‘पोखरा फेवातालको सहरमात्र नभई बेगनास र रुपातालको सहर पनि हो’, उनले भने, ‘हिजोको सरकारले पोखरा ३१ लाई उपेक्षा ग¥यो, हामी गर्ने छैनौं । ३१ मा विकासको लहर ल्याउन गठबन्धनलाई जिताऔं ।’
उपमेयरकी उम्मेदवार रानाभाटले गठबन्धनको नेतृत्वमा नै पोखरा महानगरले मुहार फेर्ने बताइन् । लामोसमयदेखि कालिका, माझठाना पूर्वाधार विकासको दृष्टिकोणबाट पछाडि परेको उल्लेख गर्दै उनले पाखा, पखेरा र टोल टोलको विकास गठबन्धनले नै गर्ने प्रतिबद्धता गरिन् ।
कांग्रेस कास्की सभापति किशोरदत्त बरालले विकासका लागि राजनीतिक नाराको पछि लागेर नहुने बताए । उनले ५ वर्षमा राजनीति नाराको पछि लाग्दा स्थानीयले पाउनुपर्ने विकास नपाएको तर्क गरे । देशको लोकतन्त्र खतरामा पर्दा ५ दल मिलेर रक्षा गरेकाले गठबन्धनलाई जिताउन उनले आग्रह गरे ।
नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य श्रीनाथ बरालले संविधान जोगाउन र प्रतिगमन अन्त्य गर्न गठबन्धन गरेको सुनाए । ‘विगतमा हामीले दुईतिहाई मत पायौं तर घोषणापत्र अनुसार काम हुन सकेन’, उनले भने, ‘ हामीले किन विद्रोह ग¥यौं ? पार्टीमा हामीले समस्याका कुरा उठायौंं तर राम्रो कुरा नसुन्ने । सही कुरा गर्दा बेवास्ता गरियो त्यसैले गठबन्धन ग¥यौं ।’ अब प्रदेश र संघमा पनि गठबन्धनबाटै जानुपर्ने उनको मत छ ।
कांग्रेसकी महासमिति सदस्य सरस्वती गुरुङले आफ्नै पार्टीले अनावश्यक दबाब दिएर मानबहादुर जिसी अस्वस्थ भएको दाबी गरिन् । जिसीको स्वास्थ्य लाभको कामना गर्दैै उनले स्वस्थ हुँदा पनि कुनै देखिने गरी काम गर्न नसकेको उनले टिप्पणी गरिन् । मेयर जिसीले आफ्नै वडाको विकास नगरेका कारण पनि यस पटक गठबन्धनले नेतृत्व लिनैपर्ने उनको तर्क छ ।