
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
३‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
४जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
५नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
६विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
७अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
८स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
९जेन-जी आन्दोलन : नेपाली सेनाको स्पष्टीकरण
१०नर्सलाई सरकारी सरह तलब र सुविधा सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
११‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
१२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने
६समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
७पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
८सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
९पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
१०माओवादी नेताहरूको विलासी जीवनशैलीमाथि प्रश्न
११जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
१२आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
पोखरा, १७ वैशाख । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको १७ औं शाखा पोखराको चाउथेमा आजदेखि शुभारम्भ भएको छ ।
आज मातातीर्थ औंसीको दिनमा पोखरा उद्योग वाणिज्य संघका प्रथम वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले डिपार्टमेन्ट स्टोरको उद्घाटन गर्नुभएको हो । भक्तपुरमा मुख्य कार्यालय रहेको यस सहकारीले देशको ३९ वटा जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गरिसकेको छ ।
डिमार्टमेन्ट स्टोरको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका प्रथम वरिष्ठ उपाध्यक्ष प्रजापतिले युवाहरुलाई स्वदेश मैं रोजगारी प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरे ।
त्यसैगरी, शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुशिल बानियाले पाँच वर्ष भित्रमा पाँचसय डिपार्टमेन्टल स्टोर्स देशभरी खोल्ने र युवाहरुलाई प्रमुख प्राथमिकताका साथ रोजगारी दिने दावी गरे । अध्यक्ष बानिया भने–‘अहिले पनि यस सहकारीले सातसय भन्दा बढि युवायुवतीलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गरेको छ भने सर्वसाधारण जनतालाई सुपथ र सुलभ तरिकाले दैनिक आवश्यक सामाग्रीहरु उपलब्ध गराउँदै आईरहेको छ ।’
कार्यक्रममा कास्की जिल्ला कैं सबैभन्दा ज्येष्ठ ११२ वर्षकी वृद्ध आमा गौरी आचार्यलाई वरिष्ठ अतिथिको रुपमा निमन्त्रणा गरेर सम्मान गरिएको थियो । वि.सं. १९६६ चैत महिनामा कास्कीको धितालमा जन्मनु भएकी वृद्ध आमालाई शिखर अर्गनाईजेसन लि.का उपाध्यक्ष गीता शर्मा र प्रमुख अतिथि प्रजापतिले संयुक्त रुपमा सम्मान गरेका थिए ।
कार्यक्रममा उपकार मिडिया हाउस, टेक्नोडाउन प्रा.लि., डिजिटल शिखर कम्पनीका अध्यक्ष कल्स शर्मालाई पनि मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा डिपार्टमेन्टल स्टोर्सकी कर्मचारी सुशिला न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।

१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने