News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

स्वतन्त्र उठेका उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिंदै

काठमाडौं, १७ वैशाख । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाश भईसकेपछि आज नै निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गर्न लागेको हो ।

निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ । चुनाव चिन्ह पाएसँगै मौन अवधि सुरु हुनुअघिसम्म प्रचारप्रसार गर्न पाउनेछन् ।

हिजो शुक्रबार निर्वाचन आयोगले उजरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । नामावलीमा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रिनेछन् ।