
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
पोखरा । नेपाली काँग्रेसको तर्फबाट पोखरा-१६ को वडाध्यक्षका प्रत्यासी उमेद्वार सिफारिस गर्दा झूठ्ठा विवरण पेश गरी दावी पेश भएको रहस्य खुलेको छ । नेपाली काँग्रेस पोखरा १६ का सभापति अमृत शर्मा तिमिल्सिनाले आफूलाई प्राध्यापन समेतका अन्य व्यवसायमा रहेको र लोकप्रिय नेता भएको विवरण पेश गरेको भेटिएपछि त्यस्तो रहस्य खुलेको हो ।
यद्यपि उनले प्राध्यापन कहाँ र कति वर्ष गरेका छन् भन्ने कुराको प्रमाण केही पनि पेश गर्न सकेका छैनन् । वि.स. २०५२ साल विन्ध्यवासिनी माविबाट एसएलसी पास गरेका शर्माको शैक्षिक योग्यता त्योभन्दा बढी नभएको जानकारहरु बताउँछन् । शर्मा यातायात व्यवसायी हुन् । उनी केही समयअघि माओवादी कोटाबाट ट्याक्सी व्यवसायी समितिको सचिव बनेका थिए ।
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काका विश्वास पात्र मानिने शर्मा उनकै जोडबलमा वडाध्यक्षको आकाँक्षी बनेको राजनीतिक वृत्तमा चर्चा छ । त्यसो त मन्त्री खड्काले पोखरा १६ मा आफ्नो गुट बनाउने काममा शर्मालाई नै खटाएको समाचार स्रोतले बताएको छ । यद्यपि वडाभित्र मन्त्री खड्को गुट कमजोर बन्दै गएको छ ।
वडाका ७ आकाँक्षीमध्ये होमबहादुर बानियाँ, मदन बस्नेत, धर्मराज थापा, शिवराज देवकोटा र राधाकृष्ण गुरुङ समेतका ५ जना वडाध्यक्षका आकाँक्षीहरुले शनिबार विहान पूर्वमहाधिवेशन प्रतिनिधि पद्मसिंह गुरुङलाई भेटी सर्वसम्मत् उमेद्वार बनिदिन आग्रह गर्दै आफूहरुको दावी छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर गुरुङले आफुनो वडाध्यक्ष बन्ने चाहना नभएको बताएर ५ जनाभित्र समहमति खोज्न आग्रह गरेको स्रोतले बतायो ।
पोखरा १६ मा मन्त्री खड्काइतरको समूह बलियो देखिएको अवस्थामा क्षेत्रले कसलाई उमेद्वार बनाउँछ भन्ने विषयलाई चासोपूर्वक हेरिएको छ । उता नेपाली काँग्रेस पोखरा नगर समितिले वडा नं. १६ बाट सिफारिस भएका ७ जना आकाँक्षीमध्ये शर्मालाई एकल उमेद्वारका रुपमा क्षेत्रमा सिफारिस गरेपछि वडाध्यक्षका अन्य केही आकाँक्षीले नगर सभापति सुरेन्द्र विजुक्छेलाई खबरदारी गरेका थिए ।
नगर सभापति विजुक्छेले डन न्यूजसँगको टेलिफोन वार्तामा भने–‘यस्तो झुट्टा विवरण पठाउने काम सरासर गलत हो । टिक (चिन्ह) लगाएर पठाउँदैमा हुँदैन । हामी त्यसलाई तुरुन्त बदर गरिदिन्छौं । अन्य अध्यक्षका दावेदारहरुले पनि गुनासो गर्नुभएको छ । हामी तत्कालै एक्सन लिन्छौं ।’
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर