News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

आजबाट एसईई परीक्षा शुरु

'२५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थी सहभागी'

स्केच साभार

काठमाडौँ, ९ वैशाख । कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु हुँदैछ । दुई वर्षपछि आजबाट भौतिक रूपमा सञ्चालन हुन लागेको परीक्षामा देशभरका २ हजार ७ परीक्षा केन्द्रबाट ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थी सहभागी भएका छन् ।

लगातार दुई वर्ष शैक्षिक सत्र २०७६ र २०७७ मा कोभिड– १९ का कारण भौतिक रूपमा एसइई परीक्षा नहुँदा विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गरेकोमा यस वर्ष राष्ट्रियस्तरमै परीक्षा हुन लागेको हो ।

नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेडवृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थीले परीक्षा दिँदै छन् । ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थी दुई वर्षअघिका हुन् । गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्दा ग्रेडवृद्धिको अवसर दिइएको थिएन । २९९ प्राविधिक विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थी पनि सामेल हुँदै छन् । आज हुने परीक्षामा जापानमा सञ्चालित एक विद्यालयका २० विद्यार्थी पनि सहभागी हुँदै छन् ।

साउन १ देखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअघि नै नतिजा सार्वजनिक गरिसक्ने बोर्डले जनाएको छ । प्रदेशलाई उत्तरपुस्तिका परीक्षण, सम्परीक्षणको काम सकेर पठाउने जिम्मेवारी बोर्डले दिएको छ । प्रदेशले बोर्ड प्रदेश कार्यालयको समन्वयमा काम गर्नेछ । प्रदेशमा सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा परीक्षा समन्वय समिति र जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति रहने व्यवस्था छ ।

डनन्यूज ट्रेन्डिङ