काठमाडौं, ६ वैशाख । सत्तारुढ गठबन्धन दलमध्येको एक नेकपा (एकीकृत समाजवादी)ले आज स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ ।
आज काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा बीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौं महिने सरकारले गरेका ‘आफ्नो गाउँ आफैं बनाऔं’लगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।
घोषणा पत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको छ ।