
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
पोखरा, २९ चैत । पोखरा महानगरपालिकाको मेयरको लागि नेकपा एमालेबाट १२ जना आकांक्षी देखिएका छन् । एमाले महानगर कमिटीको आज मंगलबारको बैठकमा १२ जनाले नाम दर्ता गराएका छन् । नगर कमिटीले मेयरका आकाङ्क्षीलाई पार्टीबाट सिफारिस हुनका लागि आज मङ्गलवार नाम सङ्कलन गर्न आह्वान गरेको थियो।
यसरी मेयरको लागि नाम दर्ता गराउनेहरुमा केन्द्रीय सदस्यहरु भीम कार्की, कृष्ण थापा, राजीव पहारी, मीनाकुमारी गुरुङ, प्रदेश कमिटी उपसचिव रश्मि आचार्य, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, प्रा.डा. विश्वकल्याण पराजुली, पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालकृष्ण काउछा मगर, सावित्री भण्डारी रहेका छन् । मेयरका लागि बहालवाला उपमेयर मञ्जुदेवी गुरुङको पनि नाम चर्चामा रहेपनि पार्टीमा उनले उम्मेदवारी भने दर्ता गराएकी छैनन् । महानगर कमिटीले ३ जनाको नाम मेयरमा सिफारिस गर्न प्रयास गरे पनि सहमति भने हुन सकेन ।
त्यसैगरी, पोखरा महानगरपालिकाको उपमेयरमा पनि ११ जनाले आकांक्षा देखाएका छन् । पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका प्रहारी, पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्य, जिसस संयोजक बैनबहादुर अधिकारी क्षेत्री, हरिमाया गुरुङ, बलराम गायक र सुष्मा पौडेलले नाम दर्ता गरेका छन् ।
तर हालका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले आगामी कार्यकालका लागि कुनै पनि पदमा दावी गरेनन् । मेयर जिसी स्वास्थ्यका कारण पनि मेयरमा पुनः दावी गर्न सक्ने अवस्थामा छैनन् भने उपमेयर गुरुङको मेयरका लागि चर्चा चलिरहेको थियो । मेयर पदका आकांक्षीहरुले तीन हजार रुपैयाँ तिरेर मनोनयन दर्ता गराएका छन् । मेयरका लागि दुई पुरुष र एक महिलाको नाम पार्टी केन्द्रीय कमिटीमा सिफारिस हुनेछ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर