
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
पोखरा, २७ चैत । नेकपा एमाले पोखरा वडा नंं. ५ का एक प्रभावशाली, पुराना कम्युनिष्ट नेता तथा लोकप्रिय जनप्रतिनिधि पुष्प बराल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा आज प्रवेश गरेका छन् । नेकपा एमालेबाट वडा नंं ५ को वडासदस्यमा अत्याधिक मतका साथ निर्वाचित जनप्रतिनिधि बराल स्थानीयस्तरमा राम्रो पकड भएका नेता मानिन्छन् ।
पोखरा–५, तल्लो कुलाको डिलस्थित स्मृतिमार्ग निवासी स्थानीय बराल सामाजिक कार्यमा एकदमैं अग्रणी भागमा खटिने र अबको स्थानीय चुनावमा एमालेका तर्फबाट वडाध्यक्षका सशक्त र लोकप्रिय दावेदारका रुपमा समेत परिचित थिए । जनताको हरेक खालका सुख र दुःखमा निडर भई निस्वार्थ सेवामा खटिने बराल समाजवादीमा प्रवेश गरेसँगै एमालेलाई ठुलो धक्का लागेको छ ।
जनप्रतिनिधिका रुपमा निर्वाचित हुनु अगाडिदेखि नै जनताका हरेक खालका समस्यामा दिनरात नभनि उभिने नेता बरालको त्यस क्षेत्रमा आफ्नै खालको प्रभाव र छवि रहेको छ । प्रष्ट र निडर वक्ताका रुपमा परिचित बरालले आज जारी गरेको प्रेस विज्ञप्तिमा एमालेमा व्यक्तिवादी चरित्र हावी हुँदै गएको, वेथिति, विकृति र विसंगति मौलाउँदै जाँदा आफूले पार्टी परित्याग गर्ने निष्कर्षमा पुगेको उल्लेख गरेका छन् ।
यस्तै प्रवृत्ति हावी हुँदै जाँदा एमालेमा रहेर अघि बढ्न सक्ने स्थिति नभएको हुँदा नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको विज्ञप्तिमा उल्लेख छ । २०३८ सालदेखि माले हुँदै कम्युनिष्ट पार्टीमा रहेर काम गरेका बरालले राजनीतिक जीवनमा धेरै उतार–चढाव व्यर्होदैं आएका छन् । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको आन्दोलनमा स्थानीयस्तरमा आन्दोलनको नेतृत्व गर्ने र सडकमा ज्यानको प्रवाह नगरी अग्रणी मोर्चामा खटिने बरालले एमाले परित्याग गरेसँगै निष्ठा र इमान्दारिताको राजनीति गर्ने पुराना नेताहरु देखि युवाहरुमा समेत निराशा छाउने र यसले स्थानीय निर्वाचनमा समेत प्रभाव पार्ने एमालेका नेताहरु बताउँछन् ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग