
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
सर्लाही, २५ चैत । आर्थिक प्रगतिको ईष्या र डाहाका कारण छिमेकीले बालकलाई बन्धक बनाई हत्या गरेका छन् । मलंगवा–१२ गम्हरियाका दीपेन्द्र ठाकुरको ८ बर्षीय छोरा मिठुको हत्या उनकै छिमेकीले गरेको रहस्य खुलेको छ । छिमेकीले ती ८ बर्षीय बालकलाई अपहरण गरी हत्या गरेर शौचालयको सेप्टिक ट्यांकीमा बोरामा बेरेर लुकाएका थिए ।
हत्यामा संलग्न भएको भन्दै जगदीश ठाकुरसहित परिवारका सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठाकुरका परिवारले बालकलाई बन्धक बनाएर तीन दिनअघि नै घरको माथिल्लो तलाको दक्षिण कोठामा हत्या गरी बोराभित्र राखेर सेप्टिक ट्यांकीमा लुकाएको प्रहरीको भनाइ छ । प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले परिवारका सबै जना मिलेर हत्या गरेको हुन सक्ने बताउँदै घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
आइतबारदेखि बेपत्ता दीपेन्द्र र महासुन्दरका ८ वर्षीय छोरा मिठु भनिने आकाशको शव छिमेकी जगदीश ठाकुरको सेप्टिक ट्यांकीमा फेला परेपछि परिवार शोकमा विक्षिप्त छ । आइतबार साँझ खाना खाएर बाहिरको दलानमा निस्किएका मिठु त्यसपछि सम्पर्कविहीन अवस्थामा थिए । परिवारले बेपत्ता भएको भन्दै प्रहरीलाई निवेदन दिएका थिए ।
प्रहरीले बालक वेपत्ता भएको घटनामा अनुसन्धान गर्दै जाँदा उनका छिमेकी जगदीशलाई नियन्त्रणमा लिएको थियो । उनले बालकको हत्या गरेर शौचालयको सेप्टिक ट्यांकीमा लुकाएको बयान दिएपछि प्रहरी टोली बिहानै घटनास्थल पुग्यो । ट्यांकीको ढकन खोल्दा बालकको शव बोरामा बाँधेर राखेको अवस्थामा फेला परेको थियो ।
छोरा बेपत्ताको जानकारी पाएपछि वैदेशिक रोजगारीमा बहराइनमा रहेका दीपेन्द्र दुई दिनअघि मात्र घर फिरेका थिए । उनका दुई छोरा र दुई छोरीमध्ये मिठु जेठा हुन् । वैदेशिक रोजगारीबाट आर्थिक, सामाजिक प्रगति गरेका दीपेन्द्रको परिवार सामान्य र सरल खालको रहेको स्थानीय शिक्षक लक्ष्मीनारायण चौधरीले बताए ।
उनका अनुसार दीपेन्द्रले पठाएको पैसाले घरघडेरीसहित आर्थिक प्रगति हासिल गरेका थिए । शिक्षक चौधरीले पैसाको लोभमा अथवा आर्थिक प्रगतिको ईर्ष्याले बालकको हत्या भएको हुन सक्ने बताए । ‘दीपेन्द्रका परिवार सामान्य र सरल स्वभावका छन्, कसैसँग रिसइबी भएको थाहा छैन,’ उनले भने । दीपेन्द्रले भने अज्ञात व्यक्तिको नामबाट मिठुका मामालाई १५ लाख फिरौतीको म्यासेज आएको जानकारी दिए । ‘मेरो परिवारले कहिल्यै कसैको कुभलो चिताएको छैन, मैले वैदेशिक रोजगारीमा गएर आर्थिक प्रगति गरें तर नातामा आफन्त पर्ने मेरो छिमेकीलाई असह्य भयो,’ गहभरि आँसु पार्दै दीपेन्द्रले भने ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन