
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
१२स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
सर्लाही, २५ चैत । आर्थिक प्रगतिको ईष्या र डाहाका कारण छिमेकीले बालकलाई बन्धक बनाई हत्या गरेका छन् । मलंगवा–१२ गम्हरियाका दीपेन्द्र ठाकुरको ८ बर्षीय छोरा मिठुको हत्या उनकै छिमेकीले गरेको रहस्य खुलेको छ । छिमेकीले ती ८ बर्षीय बालकलाई अपहरण गरी हत्या गरेर शौचालयको सेप्टिक ट्यांकीमा बोरामा बेरेर लुकाएका थिए ।
हत्यामा संलग्न भएको भन्दै जगदीश ठाकुरसहित परिवारका सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठाकुरका परिवारले बालकलाई बन्धक बनाएर तीन दिनअघि नै घरको माथिल्लो तलाको दक्षिण कोठामा हत्या गरी बोराभित्र राखेर सेप्टिक ट्यांकीमा लुकाएको प्रहरीको भनाइ छ । प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले परिवारका सबै जना मिलेर हत्या गरेको हुन सक्ने बताउँदै घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
आइतबारदेखि बेपत्ता दीपेन्द्र र महासुन्दरका ८ वर्षीय छोरा मिठु भनिने आकाशको शव छिमेकी जगदीश ठाकुरको सेप्टिक ट्यांकीमा फेला परेपछि परिवार शोकमा विक्षिप्त छ । आइतबार साँझ खाना खाएर बाहिरको दलानमा निस्किएका मिठु त्यसपछि सम्पर्कविहीन अवस्थामा थिए । परिवारले बेपत्ता भएको भन्दै प्रहरीलाई निवेदन दिएका थिए ।
प्रहरीले बालक वेपत्ता भएको घटनामा अनुसन्धान गर्दै जाँदा उनका छिमेकी जगदीशलाई नियन्त्रणमा लिएको थियो । उनले बालकको हत्या गरेर शौचालयको सेप्टिक ट्यांकीमा लुकाएको बयान दिएपछि प्रहरी टोली बिहानै घटनास्थल पुग्यो । ट्यांकीको ढकन खोल्दा बालकको शव बोरामा बाँधेर राखेको अवस्थामा फेला परेको थियो ।
छोरा बेपत्ताको जानकारी पाएपछि वैदेशिक रोजगारीमा बहराइनमा रहेका दीपेन्द्र दुई दिनअघि मात्र घर फिरेका थिए । उनका दुई छोरा र दुई छोरीमध्ये मिठु जेठा हुन् । वैदेशिक रोजगारीबाट आर्थिक, सामाजिक प्रगति गरेका दीपेन्द्रको परिवार सामान्य र सरल खालको रहेको स्थानीय शिक्षक लक्ष्मीनारायण चौधरीले बताए ।
उनका अनुसार दीपेन्द्रले पठाएको पैसाले घरघडेरीसहित आर्थिक प्रगति हासिल गरेका थिए । शिक्षक चौधरीले पैसाको लोभमा अथवा आर्थिक प्रगतिको ईर्ष्याले बालकको हत्या भएको हुन सक्ने बताए । ‘दीपेन्द्रका परिवार सामान्य र सरल स्वभावका छन्, कसैसँग रिसइबी भएको थाहा छैन,’ उनले भने । दीपेन्द्रले भने अज्ञात व्यक्तिको नामबाट मिठुका मामालाई १५ लाख फिरौतीको म्यासेज आएको जानकारी दिए । ‘मेरो परिवारले कहिल्यै कसैको कुभलो चिताएको छैन, मैले वैदेशिक रोजगारीमा गएर आर्थिक प्रगति गरें तर नातामा आफन्त पर्ने मेरो छिमेकीलाई असह्य भयो,’ गहभरि आँसु पार्दै दीपेन्द्रले भने ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !