
१जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
२राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
४लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
५माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
६रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
७प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
८रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
९रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१०नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
११प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
१२सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
पोखरा, २३ चैत । गुन्डा नाईके भनेर कुख्यात गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले फेरि आफ्नै कर्मचारी कुटेर अर्को बबण्डर मच्चाएका छन् । मंगलबार ५ बजे मन्त्रीको कार्यकक्षमा पुगेका आफ्नै मन्त्रलयका प्रवक्ता समेत रहेका शाखा अधिकृत सूचना अधिकारी प्रकाश ओझामाथि दीपक मनाङेले हातपात गरेका हुन् ।
यस अघि पोखरामा मिलन गुरुङलाई मनाङेले कुटपिट गरेका थिए । गुन्डागर्दी पृष्ठभूमिबाट मन्त्री भएका मनाङे मन्त्रालयमा रहेसम्म त्यहाँ कर्मचारीहरुले ढुक्कसँग काम गर्न सक्ने वातावरण नभएको एक कर्मचारीले बताए । उनले भने–‘मनाङेको वरपर बस्ने पात्रदेखि त्यहाँ आवात–जावत हुने अधिकांशहरु यस्तै गुन्डागर्दीमा नै संलग्न भएका छन् । मन्त्रालयमा बस्दा पनि कति बेला के होला भन्ने स्थिति छ, के गर्नु ?’
मंगलबार भएको त्यस घटनाका एक प्रत्यक्षदर्शीका अनुसार सूचना अधिकारी ओझा फाइल लिएर मनाङेको कार्यकक्षमा पुगेका थिए । युवा स्वरोजगारसम्बन्धी कार्यविधिमा छलफल हुँदा मनाङेले धकेल्दै कार्यकक्षमा नै कुटपिट गरेका थिए । मनाङेले कुटपिट गरेपछि ओझा बुधबार कार्यालयमा नै आउन सकेनन् । घाइते ओझालाई मन्त्रालय कै कर्मचारीले घर पु¥याएका थिए ।
मंगलबार फेरी दीपक मनाङेले ओझालाई कार्यकक्षमा बोलाएर कुटपिट गरेको भए पनि यस विषयमा विषयमा पीडित भनिएका ओझा भने मौन छन् । गुन्डा नाइके भनेर कुख्यात दीपक मनाङे मन्त्री हुँदा समेत अझै हर्कत सुध्रिएको छैन । अझै ठुला–ठुलालाई पिट्ने हो, यस्तालाई होइन भन्दै दम्भ देखाई रहेका छन् ।
यस अघि मंसिरमा कर्मचारी कुटेको विषय त्यसै सामसुम भएपछि मन्त्री दीपक मनाङेको मनोबल झनै बढेको हो । अहिले पनि मनाङेलाई कारवाही हुनेमा कर्मचारीहरु विश्वस्त छैनन् । यो घटनालाई पनि सामसुम पारिन्छ र मन्त्रालयका कर्मचारीहरु त्रासमा नै काम गर्नुपर्ने स्थितिले निरन्तरता पाउने निश्चित छ ।
वर्तमान सरकार निर्माणमा महत्वपूर्ण भूमिका खेलेका मनाङे के कारबाहीमा पर्लान ?
दिपक मनाङे गण्डकीमा सरकार ढाल्ने र बनाउने शक्ति मानिन्छन्। उनले गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सत्ता दुईपटक जोगाए । त्यसवापत् उनी दुईपटक युवा तथा खेलकुदमन्त्री बनाइएका थिए । वर्तमान कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकार निर्माणमा उनको निर्णायक भूमिका रह्यो । उनले कित्ता परिवर्तन नगरेको भए वर्तमान सरकार गठन नै कठिन थियो ।यस्तो भूमिका खेलेका आफ्नो मन्त्री परिषद्का सदस्य गुरुङलाई मुख्यमन्त्री पोखरेलले कस्तो कारबाही गर्लान या यसरी नै छाडा छोड्लान भन्ने प्रश्न उठेको छ ।
सरकारका प्रवक्ता समेत रहेका सहरी विकास, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले मन्त्रीको विषयमा सम्पूर्ण निर्णय गर्ने अधिकार मुख्यमन्त्रीमा रहेको बताउँन् । ‘क्याविनेटको सदस्य भएकाले माननीय मन्त्रीज्यु (मनाङे)को विषयमा मुख्यमन्त्री ज्युले नै केही निर्णय गर्नुहुन्छ । मन्त्रीले आफूले सम्झाएको बताउनुभएको र कुटाइ खाएका भनिएका कर्मचारीले सम्पर्क नगरेकाले यस विषयमा म यसै भन्न सक्दिन । यस विषयमा मुख्यमन्त्री ज्युले दुबै पक्षलाई राखेर निकास निकाल्छु भन्नु भएको छ’ उनले भने ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए