
१गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
२कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
८गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
९पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
१०गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
११विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
पोखरा, २३ चैत । गुन्डा नाईके भनेर कुख्यात गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले फेरि आफ्नै कर्मचारी कुटेर अर्को बबण्डर मच्चाएका छन् । मंगलबार ५ बजे मन्त्रीको कार्यकक्षमा पुगेका आफ्नै मन्त्रलयका प्रवक्ता समेत रहेका शाखा अधिकृत सूचना अधिकारी प्रकाश ओझामाथि दीपक मनाङेले हातपात गरेका हुन् ।
यस अघि पोखरामा मिलन गुरुङलाई मनाङेले कुटपिट गरेका थिए । गुन्डागर्दी पृष्ठभूमिबाट मन्त्री भएका मनाङे मन्त्रालयमा रहेसम्म त्यहाँ कर्मचारीहरुले ढुक्कसँग काम गर्न सक्ने वातावरण नभएको एक कर्मचारीले बताए । उनले भने–‘मनाङेको वरपर बस्ने पात्रदेखि त्यहाँ आवात–जावत हुने अधिकांशहरु यस्तै गुन्डागर्दीमा नै संलग्न भएका छन् । मन्त्रालयमा बस्दा पनि कति बेला के होला भन्ने स्थिति छ, के गर्नु ?’
मंगलबार भएको त्यस घटनाका एक प्रत्यक्षदर्शीका अनुसार सूचना अधिकारी ओझा फाइल लिएर मनाङेको कार्यकक्षमा पुगेका थिए । युवा स्वरोजगारसम्बन्धी कार्यविधिमा छलफल हुँदा मनाङेले धकेल्दै कार्यकक्षमा नै कुटपिट गरेका थिए । मनाङेले कुटपिट गरेपछि ओझा बुधबार कार्यालयमा नै आउन सकेनन् । घाइते ओझालाई मन्त्रालय कै कर्मचारीले घर पु¥याएका थिए ।
मंगलबार फेरी दीपक मनाङेले ओझालाई कार्यकक्षमा बोलाएर कुटपिट गरेको भए पनि यस विषयमा विषयमा पीडित भनिएका ओझा भने मौन छन् । गुन्डा नाइके भनेर कुख्यात दीपक मनाङे मन्त्री हुँदा समेत अझै हर्कत सुध्रिएको छैन । अझै ठुला–ठुलालाई पिट्ने हो, यस्तालाई होइन भन्दै दम्भ देखाई रहेका छन् ।
यस अघि मंसिरमा कर्मचारी कुटेको विषय त्यसै सामसुम भएपछि मन्त्री दीपक मनाङेको मनोबल झनै बढेको हो । अहिले पनि मनाङेलाई कारवाही हुनेमा कर्मचारीहरु विश्वस्त छैनन् । यो घटनालाई पनि सामसुम पारिन्छ र मन्त्रालयका कर्मचारीहरु त्रासमा नै काम गर्नुपर्ने स्थितिले निरन्तरता पाउने निश्चित छ ।
वर्तमान सरकार निर्माणमा महत्वपूर्ण भूमिका खेलेका मनाङे के कारबाहीमा पर्लान ?
दिपक मनाङे गण्डकीमा सरकार ढाल्ने र बनाउने शक्ति मानिन्छन्। उनले गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सत्ता दुईपटक जोगाए । त्यसवापत् उनी दुईपटक युवा तथा खेलकुदमन्त्री बनाइएका थिए । वर्तमान कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकार निर्माणमा उनको निर्णायक भूमिका रह्यो । उनले कित्ता परिवर्तन नगरेको भए वर्तमान सरकार गठन नै कठिन थियो ।यस्तो भूमिका खेलेका आफ्नो मन्त्री परिषद्का सदस्य गुरुङलाई मुख्यमन्त्री पोखरेलले कस्तो कारबाही गर्लान या यसरी नै छाडा छोड्लान भन्ने प्रश्न उठेको छ ।
सरकारका प्रवक्ता समेत रहेका सहरी विकास, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले मन्त्रीको विषयमा सम्पूर्ण निर्णय गर्ने अधिकार मुख्यमन्त्रीमा रहेको बताउँन् । ‘क्याविनेटको सदस्य भएकाले माननीय मन्त्रीज्यु (मनाङे)को विषयमा मुख्यमन्त्री ज्युले नै केही निर्णय गर्नुहुन्छ । मन्त्रीले आफूले सम्झाएको बताउनुभएको र कुटाइ खाएका भनिएका कर्मचारीले सम्पर्क नगरेकाले यस विषयमा म यसै भन्न सक्दिन । यस विषयमा मुख्यमन्त्री ज्युले दुबै पक्षलाई राखेर निकास निकाल्छु भन्नु भएको छ’ उनले भने ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?