
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
१२स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
२१ चैत, काठमाडौं । उदयपुरको बेलका नगरपालिका–३, बुद्ध चोककी १७ वर्षीया कविता सुनुवार र अनिता (नाम परिवर्तन) केही महिना अघिसम्म मिल्ने साथी थिए । सँगै स्कुल जान्थे, फर्किँदा पनि साथै हुन्थे ।
तर पछिल्लो समय अनिता आफ्नी साथीसँग त्यति खुशी थिइनन् । ‘आफ्नो कुरा चाहिँ सबै उसलाई सुनाउँछु, तर कविताले सुनाउँदिन भन्ने परेको रहेछ’ जिल्ला प्रहरी कार्यालय, उदयपुरका एसपी सुवासचन्द्र बोहोरा भन्छन्, ‘अरु पनि केही विषय हुनसक्छ, अहिले ठ्याक्कै खुलिसकेको छैन ।’
लामो समयसम्म दुईबीच बोलचालसमेत भएन । तर पछिल्लो केही दिनदेखि उनीहरुबीच एक्कासी कुराकानी हुन थाल्यो । एसईई परीक्षा आउन लागेकाले तयारी कक्षाहरु चलिरहेको थियो । मंगलबार बिहान साढे ४ बजे अनिताले कवितालाई फोनै गरेर ‘सँगै कोचिङ जाम्’ भन्दै आफूहरुलाई कुर्न भनिन् ।
कविताले पनि ‘हुन्छ’ भनिन्, तयार भएर बसिन् । किरात चोकस्थित घरबाट अनितालाई बुद्ध चोकमा रहेको कविताको घर पुग्न आधा घन्टा लाग्यो । साथमा काकाका छोरा १९ वर्षीया बिनोद ढकाललाई पनि लिएर गइन् ।
प्रहरीका अनुसार पाँच बजेतिर उनीहरु कविताको घरबाट निस्किए । स्थानीयका अनुसार उनीहरु पढ्ने कोशी जनता मावि, रामपुर कविताको घरबाट तीन किलोमिटर अगाडि थियो । ‘तर स्कुल पुग्न ६र७ सय मिटर बाँकी रहँदै उनीमाथि आक्रमण भयो’ बेलका–३ का वडाध्यक्ष भरतकुमार मगर भन्छन्, ‘स्कुल नपुगेपछि खोजी भइरहेको थियो, खोलामा यशोदाको शव विभत्स अवस्थामा भेटियो ।’
जिल्ला प्रहरी कार्यालय, उदयपुरका एसपी बोहोराका अनुसार मृतकको शरीरमा पछाडि पट्टीबाट धारिलो वस्तुले प्रहार गरेको प्रारम्भिक अनुसन्धान देखिएको छ । ‘पछाडिबाट टाउको र खुट्टाहरुमा प्रहार गरेको देखिएको छ’ उनले अनलाइनखबरसँग भने, ‘घटनास्थलबाट वियरको बोतल र ढुंगा पनि बरामद गरेका छौं ।’
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार केहिपरबाट वियरको बोतल बोकेर हिँडेर अनिताका दाइ ढकालले कवितालाई पछाडिबाट आक्रमण गरेको पाइएको छ । ‘पहिले वियरको बोतलले आक्रमण गरेर ढुंगाले हानेको जस्तो देखिन्छ’ एक अधिकृत भन्छन्, ‘यो प्रारम्भिक अनुमान हो, विस्तृत त पोष्टमार्टम रिपोर्टले बताउला ।’
अधिकृतहरुका अनुसार मंगलबार हत्या गर्ने योजना अनुरुप नै कवितालाई घरबाट बोलाइएको देखिन्छ । तर हत्या पछाडिको कारण चाहिँ अझै स्पष्ट भइसकेको छैन । एसपी बोहोरा भन्छन्, ‘बुधबारबाट बयान लिन थाल्छौं, प्राविधि पक्षको पनि अनुसन्धान हुन्छ, त्यसपछि थप स्पष्ट होला ।’
प्रहरीले अहिले किशोरीहरुको सम्बन्ध केलाउन मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर), अन्य साथीहरुसँग बयान र सामाजिक सञ्जालमा पनि अनुसन्धान गरिरहेको छ । प्राविधिक अनुसन्धानको नेतृत्व संघीय प्रहरी इकाइ कार्यालय, धरानले गरिरहेको छ ।
शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ । विद्यार्थीहरुले चाहिँ दोषीभन्दा कडा कारबाहीको माग गर्दै नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् भने इलाका प्रहरी कार्यालयमा पनि धर्ना दिएका छन् । -अनलाईन खबर
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !