
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
२१ चैत, काठमाडौं । उदयपुरको बेलका नगरपालिका–३, बुद्ध चोककी १७ वर्षीया कविता सुनुवार र अनिता (नाम परिवर्तन) केही महिना अघिसम्म मिल्ने साथी थिए । सँगै स्कुल जान्थे, फर्किँदा पनि साथै हुन्थे ।
तर पछिल्लो समय अनिता आफ्नी साथीसँग त्यति खुशी थिइनन् । ‘आफ्नो कुरा चाहिँ सबै उसलाई सुनाउँछु, तर कविताले सुनाउँदिन भन्ने परेको रहेछ’ जिल्ला प्रहरी कार्यालय, उदयपुरका एसपी सुवासचन्द्र बोहोरा भन्छन्, ‘अरु पनि केही विषय हुनसक्छ, अहिले ठ्याक्कै खुलिसकेको छैन ।’
लामो समयसम्म दुईबीच बोलचालसमेत भएन । तर पछिल्लो केही दिनदेखि उनीहरुबीच एक्कासी कुराकानी हुन थाल्यो । एसईई परीक्षा आउन लागेकाले तयारी कक्षाहरु चलिरहेको थियो । मंगलबार बिहान साढे ४ बजे अनिताले कवितालाई फोनै गरेर ‘सँगै कोचिङ जाम्’ भन्दै आफूहरुलाई कुर्न भनिन् ।
कविताले पनि ‘हुन्छ’ भनिन्, तयार भएर बसिन् । किरात चोकस्थित घरबाट अनितालाई बुद्ध चोकमा रहेको कविताको घर पुग्न आधा घन्टा लाग्यो । साथमा काकाका छोरा १९ वर्षीया बिनोद ढकाललाई पनि लिएर गइन् ।
प्रहरीका अनुसार पाँच बजेतिर उनीहरु कविताको घरबाट निस्किए । स्थानीयका अनुसार उनीहरु पढ्ने कोशी जनता मावि, रामपुर कविताको घरबाट तीन किलोमिटर अगाडि थियो । ‘तर स्कुल पुग्न ६र७ सय मिटर बाँकी रहँदै उनीमाथि आक्रमण भयो’ बेलका–३ का वडाध्यक्ष भरतकुमार मगर भन्छन्, ‘स्कुल नपुगेपछि खोजी भइरहेको थियो, खोलामा यशोदाको शव विभत्स अवस्थामा भेटियो ।’
जिल्ला प्रहरी कार्यालय, उदयपुरका एसपी बोहोराका अनुसार मृतकको शरीरमा पछाडि पट्टीबाट धारिलो वस्तुले प्रहार गरेको प्रारम्भिक अनुसन्धान देखिएको छ । ‘पछाडिबाट टाउको र खुट्टाहरुमा प्रहार गरेको देखिएको छ’ उनले अनलाइनखबरसँग भने, ‘घटनास्थलबाट वियरको बोतल र ढुंगा पनि बरामद गरेका छौं ।’
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार केहिपरबाट वियरको बोतल बोकेर हिँडेर अनिताका दाइ ढकालले कवितालाई पछाडिबाट आक्रमण गरेको पाइएको छ । ‘पहिले वियरको बोतलले आक्रमण गरेर ढुंगाले हानेको जस्तो देखिन्छ’ एक अधिकृत भन्छन्, ‘यो प्रारम्भिक अनुमान हो, विस्तृत त पोष्टमार्टम रिपोर्टले बताउला ।’
अधिकृतहरुका अनुसार मंगलबार हत्या गर्ने योजना अनुरुप नै कवितालाई घरबाट बोलाइएको देखिन्छ । तर हत्या पछाडिको कारण चाहिँ अझै स्पष्ट भइसकेको छैन । एसपी बोहोरा भन्छन्, ‘बुधबारबाट बयान लिन थाल्छौं, प्राविधि पक्षको पनि अनुसन्धान हुन्छ, त्यसपछि थप स्पष्ट होला ।’
प्रहरीले अहिले किशोरीहरुको सम्बन्ध केलाउन मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर), अन्य साथीहरुसँग बयान र सामाजिक सञ्जालमा पनि अनुसन्धान गरिरहेको छ । प्राविधिक अनुसन्धानको नेतृत्व संघीय प्रहरी इकाइ कार्यालय, धरानले गरिरहेको छ ।
शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ । विद्यार्थीहरुले चाहिँ दोषीभन्दा कडा कारबाहीको माग गर्दै नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् भने इलाका प्रहरी कार्यालयमा पनि धर्ना दिएका छन् । -अनलाईन खबर
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन