
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
काठमाडौँ — बढ्दो शोधनान्तर घाटा र घट्दो विदेशी मुद्रा सञ्चितिले अर्थतन्त्र थप जोखिममा परेपछि गाडीलगायत विलासिताका वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्न बैंकहरूलाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।
राष्ट्र बैंकले सोमबार सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई आकस्मिक रूपमा बोलाएर उक्त निर्देशन दिएको हो । ती वस्तु आयात गर्न एलसी खोलेको भेटिए कारबाही गर्ने चेतावनी पनि उनीहरूलाई दिइएको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निर्देशनमा आकस्मिक रूपमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई छलफलका लागि डाकिएको थियो । छलफलमा गभर्नर र डेपुटी गभर्नर भने उपस्थित थिएनन् । अनुसन्धान, नियमन, सुपरिवेक्षण र विनिमय व्यवस्थापन विभागका प्रमुखहरूले करिब ४५ मिनेट लामो निर्देशन दिएका थिए । ‘सबै प्रकारका सवारी साधन र यसअघि निर्दिष्ट कम आवश्यक वस्तुको आयातका लागि मंगलबारदेखि नै एलसी बन्द गर्ने आग्रह गरिएको छ,’ स्रोतले भन्यो, ‘यसमा राष्ट्र बैंकले सूक्ष्म रूपमा नियमन गर्ने पनि भनिएको छ ।’
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले सवारी साधनलगायत अत्यावश्यकबाहेकका आयातमुखी कर्जा कम गर्न पनि बैंकहरूलाई आग्रह गरिएको बताए । तरलता अभाव भएपछि बैंकहरूको कर्जा प्रवाह क्षमता घटेको छ । अन्य क्षेत्रमा प्रवाह हुने कर्जामा कमी आए पनि आयात कर्जा अपेक्षित रूपमा घटेको छैन । ‘हामीले बैंकहरूमार्फत काम गर्ने हो । उचित लिखित निर्णय लिन अर्थ मन्त्रालयलाई पनि निरन्तर सुझाव दिइरहेका छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘खासगरी इन्धन र अन्य विलासिताका सामग्रीको आयातमा बन्देज लगाउने निर्णय अर्थ मन्त्रालयले गर्ने हो । संकट लम्बिइरहे अर्थ मन्त्रालयले त्यो निर्णय लिने विश्वास छ ।’
चालु आर्थिक वर्षको ७ महिनामै मुलुकको अमेरिकी डलर सञ्चिति १७ प्रतिशतले घटेको छ । असार मसान्तमा यस्तो सञ्चिति ११ अर्ब ७५ करोड अमेरिकी डलर रहेकामा माघ मसान्तमा ९ अर्ब ७५ करोड छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १० खर्ब २४ अर्ब ६३ करोड रुपैयाँ छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग विदेशी मुद्रा सञ्चिति माघ मसान्तसम्म १ खर्ब ४८ अर्ब ४२ करोड रुपैयाँ छ । सात महिनामा बैंकको विदेशी मुद्रा सञ्चितिमा ३.९ प्रतिशतले कमी आएको छ ।
आर्थिक वर्ष २०७८÷७९ को ७ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकको दाबी छ । यो राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कायम गर्न तय गरेको वार्षिक लक्ष्यभन्दा कम हो । राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति बढाउन निरन्तर विभिन्न उपाय अघि सार्दै आएको छ ।
राष्ट्र बैंकले आफूहरूलाई आयातमुखी कर्जा प्रवाह कम गर्न निर्देशन दिएको बैंकर्स संघका उपाध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले स्वीकार गरे । ‘अर्थतन्त्र अप्ठेरो अवस्थामा छ । यस्तो बेला अत्यावश्यकबाहेकका आयातमुखी कर्जा प्रवाह घटाउन आग्रह गर्ने विषयमा छलफल भएको हो,’ उनले भने ।
‘यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं । मुलुक आर्थिक हिसाबले जटिल परिस्थितिमा रहेकाले अवस्था थप जटिल हुन नदिन आफ्नोतर्फबाट सक्दो काम गर्ने जिम्मेवारी हाम्रो पनि हो,’ उनले भने ।
नेपालको कुल आयातमा पेट्रोलियम पदार्थपछि सबैभन्दा धेरै हिस्सा सवारी साधन र तिनको पार्टपुर्जाको छ । चालु आर्थिक वर्षको ७ महिनासम्मको कुल आयातमा सवारी साधन र तिनको पार्टपुर्जाको हिस्सा साढे ७ प्रतिशत छ । गत आर्थिक वर्षको ७ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा सवारी साधन र पार्टपुर्जाको आयात साढे २६ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत माघसम्म ८६ अर्ब ९ करोड रुपैयाँ बराबरको सवारी साधन र पार्टपुर्जा आयात गरिएको छ । २०७७ माघसम्म ६७ अर्ब ९७ करोड रुपैयाँको सवारी साधन र पार्टपुर्जा आयात गरिएको थियो । सबैभन्दा बढी आयात हुने पेट्रोलियम पदार्थ अत्यावश्यक भएकाले नियन्त्रण गर्न कठिन छ । त्यसैले दोस्रो धेरै आयात हुने सामग्रीको आयातमा थप कडाइ गरिएको हो ।
आयात बढेकाले शोधनान्तर घाटा चुलिएको र विदेशी मुद्रा सञ्चिति निरन्तर घटिरहेको छ । यो अवस्थाबाट सुधार ल्याउन भन्दै दुई चरणमा गरेर राष्ट्र बैंकले करिब १३ सय वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा ५० देखि १ सय प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थापछि केही महिना आयात घटे पनि पछिल्ला महिनामा पुनः बढ्न थालेको छ । ‘एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले अपेक्षाअनुसार काम गर्न सकेन,’ प्रवक्ता भट्टले भने, ‘व्यवसायीले आफूसँग भएको पैसा नगद मार्जिन राख्न उपयोग गरेनन् । एउटा बैंकबाट कर्जा लिएर अर्को बैंकमा लगेर नगद मार्जिन राखे ।’
तरलतामा कमी भएको भन्दै बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणलाई कर्जा प्रवाह रोकेका छन् । तर यस अवधिमा कम आवश्यक र विलासिताका वस्तु आयातका लागि खुल्ने एलसीमा कमी आएको छैन । सञ्चालनमा रहेका २७ बैंकमध्ये डेढ दर्जनभन्दा बढी बैंकको कर्जा निक्षेप (सीडी) अनुपात निर्देशित सीमा ९० प्रतिशतभन्दा बढी छ । यस्तो अवस्थामा पनि बैंकहरूले एलसी खोलिरहेका हुन् । यही कारण बैंकहरूलाई थप जिम्मेवार बन्न आग्रह गरिएको स्रोतले जनाएको छ ।
विदेशी विनिमय सञ्चिति निरन्तर घटिरहँदा आवश्यक सामग्रीको आयातमा दबाब सिर्जना हुनेछ । उक्त सम्भावना देखेर राष्ट्र बैंकले पछिल्लो समय विभिन्न सामग्रीको आयातमा कडाइ गरिरहेको छ । यसका बाबजुत पनि विदेशी विनिमय सञ्चिति घट्दो छ । अपेक्षाअनुसार रेमिट्यान्स आउन नसक्नु, पर्यटक आगमन शून्यप्रायः रहनु, वैदेशिक लगानीमा समेत उल्लेख्य सुधार नहुनु र उच्च आयातका कारण यस्तो अवस्था आएको जानकारहरू बताउँछन् । -कान्तिपुर दैनिक
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो