News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

चिकित्सक यादव मृत अवस्थामा भेटिए

डा.विजय यादव

विराटनगर, १९ चैत । विराटनगरमा एक चिकित्सक मृत अवस्थामा भेटिएपछि आफन्तले हत्या भएको भन्दै घटनामा संलग्नलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । विराटनगरस्थित नोवेल अस्पतालमा कार्यरत चिकित्सक विजय यादव आज शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

२८ वर्षीय डा.यादव डेरा गरी बसेको घरको कमाउन्ड मृत अवस्थामा भेटिएका थिए । विगत ४ वर्षदेखि विराटनगर–४ स्थित प्रेम बस्नेतको घरमा भाडामा बस्दै आएका डा.यादवको नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा शव फेला परेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

सप्तरीको राजविराज घर भएका डा. यादव बंगलादेशबाट एमबिबिएस पास गरेर फर्केपछि तीन वर्षयता नोवेलको अर्थोपेडिक विभागमा मेडिकल अफिसरका रुपमा कार्यरत थिए । घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान शुरु गरिसकेको छ । अहिले नै घटनाका विषयमा प्रहरीले केही पनि जानकारी दिन सकेको छैन ।