
१पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
२जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
३राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
५लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
६माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
७रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
८प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
९रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१०रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
पोखरा, १७ चैत । कास्की जिल्ला अदालतले बयान फेरेपछि जाहेरवालालाई नै कैद, जरिवाना र आरोपितलाई क्षतिपूर्तिको फैसाला गरेको छ । ज्यान मार्ने उद्योगमा जाहेरी दिएका पोखरा–१५ का यमबहादुर गुरुङलाई अदालतले ३ महिनासम्म कैद वा ५ हजार रुपैयाँ जरिवाना र २० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
आफ्नो छोरा विशाल गुरुङलाई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको भन्दै ४ जनाविरुद्ध यमबहादुरले प्रहरीमा किटानी जाहेरी दिएका थिए । पोखरा–१५ स्यानीपाटनस्थित कृषि फार्ममा छोरा विशालविरुद्ध ज्यान मार्ने उद्योग गरेको भन्दै यामबहादुरले बिक्रम भण्डारी, स्वीकार भण्डारी, सागर भण्डारी र अमिर गुरुङविरुद्ध गत २१ साउनमा किटानी जाहेरी दिएका थिए ।
जाहेरवाला गुरुङले अदालतमा प्रतिकुल बकपत्र गरेपछि पक्राउ परेका स्वीकार भण्डारी गत १६ असारमै २० हजार रुपैयाँ रुपैयाँ तिरेर धरौटीमा रिहा भएका थिए । त्यस्तै १८ साउनमा सागर भण्डारी र भूमि भन्ने अमिर भण्डारीले ८०÷८० हजार रुपैयाँ धरौटी तिरेर तारेखमा रिहा भएका थिए । विक्रम गुरुङलाई भने थुनामै राख्न अदालतले आदेश दिएको थियो ।
थुनामा रहेका विक्रम गुरुङलाई १३ पुसमा थुनामुक्त गर्न अदालतले आदेश दिएको थियो । आफ्नै जाहेरीको प्रतिकुल अदालतमा बकपत्र दिने यमबहादुरसँग भने ३ महिना कैद वा ५ हजार जरिवाना र २० हजार रुपैयाँ क्षतिपूर्ति भराउन अदालतले फैसला गरेको हो । फैसलाको केही समयअघि मात्र पूर्ण पाठ आएको हो ।
‘मुलुकी फौजदारी कार्यविधि सहिंता २०७४ को दफा ४४ (२) (क) मा झुठ्ठा कुरा लेखिदिने वा बनावटी व्यहोराको बकपत्र गर्ने साक्षीलाई ३ महिनासम्म कैद वा रु ५ हजार रुपैँयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सकिने व्यवस्था रहेकोले उल्लेखित सजाय हुने कार्य गरेको देखिँदा मुलुकी फौजदारी कार्यविधि सहिंता २०७४ को दफा ४४ (२) बमोजिम झुठ्ठा कुरा लेखिदिएको हुँदा सोही दफा ४४ (२) खण्ड (क) बमोजिम जाहेरवाला यमबहादुर गुरुङलाई रु ५ हजार जरिवाना हुने ठहर्छ,’ न्यायाधीश नारायणप्रसाद पौडेलको इजलासले गरेको फैसलामा भनिएको छ ।
यमबहादुरले ज्यान मार्ने उद्देश्यसहित छोरा विशाललाई बाँस, ढुंगा र धारिलो हतियारले टाउको, आँखा र शरीरका बिभिन्न भागमा हानेर गम्भीर चोट लागेको र उनका साथमा काम गर्ने नवीन आलेको टाउको र शरीरमा चोट लागेको जाहेरीमा उल्लेख गरेका थिए ।
विशाललाई मरणासन्न अवस्थामा पु¥याई दाहिने आँखा फुटाली नाकको डाँडीसमेत भाँची दिएको र कान तथा दाहिने हातमासमेत चोट पु¥याएको तथा छुट्याउन गएका नवीन आलेलाई समेत कुटपिट गरेको जाहेरीमा उल्लेख थियो ।
पश्चिमाञ्चल क्षेत्रीय असपताल र हिमालयन आँखा अस्पतालको रिपोर्टमा पनि आँखाको दृष्टि गुमेको, उपचारद्वारा पुनः देख्न सक्ने बनाउन नसकिने र अत्याधिक दुखाइ भए भविष्यमा आँखा नै निकाल्नुपर्ने उल्लेख थियो । यी सबै प्रमाण कागजातसहित गत असार १५ गते जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको थियो ।
अदालतमा बयान दिने क्रममा अभियुक्तहरुले त्यो घटना आफूलाई थाहा नभएको र जाहेरवाला यामबहादुरले पनि उक्त जाहेरी आफूले नदिएको बताएका थिए । अदालतमा घाइते भएका विशालले पनि ट्याक्टरमा ठोकिएर आफ्नो आँखामा चोट लागेको बकपत्र गरेका थिए ।
मुलुकी फौजदारी कार्यविधिसहिंता अनुसार नै पीडितलाई क्षतिपूर्ति भराइदिन सक्ने व्यवस्था रहेकोले यमबहादुरले झुठो जाहेरी दिँदा थुनामा बस्नु परेकाले बिक्रम भण्डारीलाई २० हजार रुपैयाँ क्षतिपूर्ति भर्न अदालतले आदेश दिएको हो । बयान पर्ने तथा प्रतिकुल बकपत्र गरेर राज्यको संयन्त्र र सम्पतिसमेत दोहन गर्नेलाई पनि सजायको व्यवस्था छ ।
प्रतिकुल बकपत्र दिएर जरिवाना तथा क्षतिपूर्तिको सजाय भएको कम फैसलामध्ये यो पनि पर्ने कास्की जिल्ला अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले बताए । ‘गलत नियत राखेर फसाउन खोजिएको वा राज्यका संयन्त्र र सम्पत्तिसमेत खर्च गराउने काम भयो । आरोपितले मात्र होइन, राज्य संयन्त्रले पनि अनाहकमा दुख पाए,’ पनेरुले भने, ‘अनुसन्धानका कागजात र प्रमाणका विरुद्ध उभिने प्रवृत्तिले जो कोहीले पनि म पीडित हुँ भन्दै जाहेरी दिने र राज्यको संयन्त्रको दोहन गर्ने कार्यले बढवा पाउन सक्छ ।’
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए