
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
१२स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
अछाम, १७ चैत । सहमतिमा यौनसम्बन्ध राखेर बलात्कारको आरोपमा प्रहरीकोमा उजुरी दिने एक १९ वर्षीय किशोरीलाई अछाम जिल्ला अदालतले ३ वर्ष ६ महिनाको जेल सजाय तोकेको छ । अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया ती किशोरीलाई झुटो अभियोगमा मुद्दा दर्ता गरेको भन्दै अदालतले जेल सजाय तोकेको हो भने पुरुषलाई सफाई दिएको छ । जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलासले उक्त फैसला गरेको हो ।
न्यायाधीश जोशीको इजलासले गरेको फैसलामा भनिएको छ, ’प्रतिवादीसँग सहमतिमै यौन सम्पर्क भएको व्यहोरा पीडितले नै बकपत्र गरेको र रिसले जाहेरी दिएको बेहोरा खुलाएको अवस्था देखिन्छ ।’ फैसलामा थप भनिएको छ, ’प्रतिवादीलाई घटना हुँदाका दिन पीडितले नै कोठामा लगेको तथ्य पुष्टि भएबाट प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको तथ्य स्थापित हुन सकेन ।’ फैसलामा भनिएको छ, ’रिसले जाहेरी दिएको बकपत्र अदालतमा लेखाएबाट निजले प्रतिवादीलाई झुठो व्यहोराबाट जाहेरी लगायतको कागज गरी झुटो मुद्दामा फसाउन खोजेको देखिन्छ ।
झुठा जाहेरी दिएर प्रतिवादीलाई झुठा मुद्दामा फसाउन खोजेबापत मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४४ को उपदफा(२) को क (१) बमोजिम ३ वर्ष ६ महिना कैद हुने ठहर्छ ।’ युवतीको उजुरीपछि बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय पुरुषले सफाई पाएका छन् ।
गत १५ माघमा विवाह प्रस्ताव लिएर आएका नन्दराम खनालले आफूलाई बलात्कार गरेको भन्दै १७ माघमा ती युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरी समक्ष भने सहमतिमै यौन सम्पर्क गरेको बयान दिएकी थिइन् । माघ १५ गते आफूलाई माग्न आएको पुरुषलाई किशोरीले बलात्कार गरेको भन्दै १७ गते ती किशोरीले प्रहरीसमक्ष उजुरी दिएकी थिइन् । फोनमार्फत विवाहको प्रस्ताव लिएर पुरुष घरमा आएको, घरमा आमासँग विवाहको कुराकानी गरेको र राति अबेर भएपछि त्यहीँ बसेको बयान दिएकी थिइन् । किशोरीले पुरुष भुइँमा र आफू बहिनीसँग सुतेको अवस्थामा र राति ११:३० मा जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन् ।
पुरुषले जबर्जस्ती करणी नगरेको तर, सहमतिमा यौन सम्पर्क भएको बयान दिएका थिए । विवाह प्रस्ताव लिएर पुगेका उनीहरू विवाह नगरी फर्किएका थिए । ‘भोलिपल्ट घरबाट विवाह नगर अहिले मान्छे बितेका छन् भनेपछि हामी फर्किएका हौँ ,’ उनले अदालतमा बयान दिएका छन् ।
सुरूमा जबर्जस्ती करणी गरेको बयान दिएकी किशोरीले पछि विवाह नगर्ने हो कि भन्ने त्रासले मुद्दा दायर गरेको बताएकी थिइन् । सहमतिमा यौनसम्पर्क भएको तर, जबर्जस्ती करणी नभएको अदालतको ठहर छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !