News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

‘हिन्दु राष्ट्र राप्रपा नेपालको पहिचान’ : सहायक महामन्त्री बास्तोला

राप्रपा नेपाल कास्कीका विभिन्न वडाहरुमा कमिटी गठन

राप्रपा नेपाल कास्कीमा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै । तस्विर: सूर्य बास्तोलाको फेसबुकबाट

पोखरा, १३ चैत । ‘हरेक वडामा राप्रपा नेपाल’ नेपाल भन्ने नारालाई आत्मसाथ गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कास्कीले वडा कमिटी गठन कार्यलाई तिव्रता दिएको छ । जस अन्तर्गत पोखराको वडा नं. १४, १५, २२, २३, १६, २०, ९, ६ र अन्नपूर्ण गाउँपालिकाको वडा नं. १ मा वडा कमिटी गठन गरिएको छ ।

वडा नं. १४ मा सागर विकको अध्यक्षता, वडा नं. १५ मा गोविन्द गुरुङ, ६ मा चिना दवाडी, ९ मा सुरेश सिल्पकार, २२ मा इन्द्र प्रसाद बराल, १६ मा अनुज कार्की, २० मा कुमार बस्नेत र अन्नपूर्ण १ मा महादेव सापकोटाको अध्यक्षतामा वडा कमिटी गठन गरिएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष तथा पार्टीका सहायक महामन्त्री शिवकुमार बास्तोलाले हिन्दु राष्ट्र राप्रपा नेपालको पहिचान भएको र राप्रपा नेपालले ‘हरेक वडामा राप्रपा नेपाल’ भन्ने सिद्धान्तलाई अगाडि बढाउँदै लगिरहेको बताए । अध्यक्ष बास्तोलाले हिन्दु राष्ट्र चाहने सबै जनता, कार्यकर्ता तथा शुभचिन्तकहरुलाई राप्रपा नेपालमा समाहित हुन पनि आग्रह गरे ।