News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार स्वास्थ्य

पोखरा बृद्धाश्रममा सेनाको निःशुल्क स्वास्थ्य शिविर

पोखरा, १३ चैत । पोखरा बृद्धाश्रमको २५ औं स्थापना दिवसका अवसरमा सैनिक अस्पताल फुलवारी पोखराको प्राविधिक सहयोगमा पोखरा वृद्धाश्रममा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो ।

शिविरमा सैनिक अस्पतालका डा. अमृत घिमिरे, डा. स्वेता राज्यलक्ष्मी राणा, डा. शिशिर श्रेष्ठ, डा. अभिशेख थापा, व्यवस्थापक सेनानी विज्ञानराज पोखरेल सहितको १३ सदस्यीय टोलीले स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

शिविरमा पोखरा बृद्धाश्रम र आसपासका ५३ जना जेष्ठनागरिकको स्वास्थ्य परिक्षण गर्नुका साथै दुई लाख मुल्य बरावरको औषधि तथा पौष्टिक आहार वितरण गरिएको थियो ।

आश्रममा आयोजित शिविरको नेपाली सेना फुलवारी पोखराका प्राविधिक सहायक रथी डा. भुवनराज कुँवरले शुभारम्भ गर्दै सेना नागरिक समाजसंग सहकार्य गर्दै सामाजिक सेवामा समर्पित हुँदै आएको बताउनुभयो ।

विजयपुर कमाण्ड सेनापति बाबुराम श्रेष्ठको निर्देशनमा बृद्धाश्रममा स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरिएको जानकारी दिदैं उहाँले राज्य र नागरिकलाई पर्ने जस्तो सुकै अप्ठेरोमा पनि नेपाली सेनाले सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका पुष्पराज पौडेलले समाजका जेष्ठनागरिक, महिला तथा बालबालिकाको क्षेत्रमा मन्त्रालयले सहयोग गरेर सामाजिक उत्तरदायित्व पूरा गर्दै आएको जानकारी दिनुभयो ।

पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले सैनिक अस्पतालबाट आगामी दिनमा पनि स्थास्थ्य शिविर सञ्चालन गर्न आग्रह गर्दै आश्रममा आश्रित जेष्ठनागरिकहरुलाई भोजन भन्दा पनि औषधि उपचारमा बढी खर्च हुने गरेको बताउनुभयो ।

बृद्धाश्रममा हाल समाजका विपन्न, असहाय एवम् अपहेलित ५५ जना जेष्ठनागरिक आवद्ध रहनु भएको कोषाध्यक्ष धर्म गुरुङले जानकारी दिनुभयो ।

डनन्यूज ट्रेन्डिङ