
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
दाङ, १२ चैत । डेढ करोड बढी ठगिको आरोपमा पक्राउ परेका दाङका ठेकेदार अनुप पाण्डेलाई प्रहरीले छोडेको छ। एमाले महासचिव शङ्कर पोखरेलको दबाबमा मेयर पाण्डेका छोरा अनुप छुटेका हुन् ।
काठमाडौँमा मेयर पाण्डे, पीडित बस्नेतलाई बोलाएर फोर लेनका कारण पार्टीको बदनाम भएकाले महासचिव पोखरेलले मिल्न दबाब दिएको र कागज गरेर गएमा छोड्दिन एसपी काफ्लेलेलाई निर्देशन दिएपछि अनुप छुटेको प्रहरी स्रोतले जनाएको छ ।
बैङ्क कसुरमा जाहेरी दिने घोराहीका एमाले नेता गेहेन्द्र बस्नेत, उपेन्द्र उप्रेती, एमालेकै नेता बिरबल खड्का र मजदुरले पैसा पाएको भन्दै आवश्यक कागजातसहित प्रहरीमा निवेदन दिएपछि जिल्ला प्रहरी कार्यालय दाङले हिरासतमा रहेका अनुपलाई शुक्रवार बेलुकी हाजिरी जमानतमा छाडेको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जिल्ला सरकारी वकिल कार्यालयको कानुनी परामर्शमा उनलाई छाडिएको र प्रहरीले अनुपलाई थुनामुक्त गरेर मुद्दाको अनुसन्धान गर्ने बताए । एसपी काफ्लेले मुद्दा फिर्ता नहुने दाबी समेत गरे ।
पीडित पक्षले पैसा पाएको निवेदन दिएको खण्डमा सरकारी वकिल कार्यालयले गैर न्यायिक तरिकाले प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न नहुने कानुनी परामर्श दिएपछि अनुपलाई हिरासत बाहिर राखी मुद्धाको थप अनुसन्धान प्रक्रिया अघि बढ्ने उनले बताए । अनुपलाई उनका हजुरबुवा एमाले नेता टोपेन्द्र केसिको हाजिरी जमानतमा प्रहरीले छाडेको हो ।
व्यवसायी बस्नेतले १ करोड ४४ लाख, उप्रेतीले ३० लाख, सोनापुर सिमेन्टको २ करोड ५१ लाख, बिरबलले ११ लाख र मजदुरले ९५ लाख रुपैयाँ प्राप्त गरेको आवश्यक कागजातसहित प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरी कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयसंगको कानुनी परामर्शमा अनुपलाई थुनामुक्त गरेर मुद्धाको अनुसन्धान प्रक्रिया अघि बढाउन निर्देशन पाएपछि उनलाई जिम्मा जमानीमा छाडिएको हो ।
तर, बिरबलले पैसा पाएको भनेर प्रहरीले भने पनि आफूले पैसा नपाएको गुनासो गरे। ठगी र बैङ्क कसुर मुद्दा फरक हुने र अनुपको सन्दर्भमा पीडितले पैसा पाएपछि बैङ्क कसुरमा छोडिएको एसपी काफ्लेले बताए ।
आफ्नो छोरा ठेकेदार अनुपको बचाउमा तुलसीपुर उपमहानगरका मेयर घनश्याम पाण्डे सामाजिक सञ्जालमा प्रहरी प्रशासनको विरोधमा उत्रिएका थिए ।
ठेकेदार पाण्डेलाई सिआइवी काठमाडौँबाट पक्राउ गरेपछि जिल्ला प्रहरी कार्यालय दाङको टोलीले जिल्ला ल्याई हिरासतमा राखेर अनुसन्धान गरेको थियो। ठेकेदार पाण्डेविरुद्ध डेढ करोड ठगी गरेको आरोपमा दाङ प्रहरीमा उजुरी परेको थियो ।
पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको २४ घण्टा नबित्दै सिआईबिबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पाण्डे एमालेका केन्द्रीय सदस्य समेत हुन् । उनी विरुद्ध एमाले घोराही उपमहानगरपालिकाको इन्चार्ज गेहेन्द्र बस्नेतले नै उजुरी दर्ता गराएका हुन् ।
घोराही–तुलसीपुर सडक निर्माणको क्रममा पाण्डेले घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी बस्नेतको टिपर प्रयोग गरेको र भाडा तथा इन्धनबापतको १ करोड ४४ लाख रुपैयाँ नदिएको आरोप छ ।
निर्माण व्यवसायी पाण्डेविरुद्ध बस्नेतले एक महिना अगाडि नै उजुरी दिन प्रहरीमा गएका थिए। एमाले घोराही उपमहानगरपालिकाको इन्चार्ज समेत रहेका बस्नेत केही दिन अघि मात्र पार्टीको जिल्ला नेतृत्व, इन्चार्ज, पदाधिकारीसहित मुद्दा दर्ताका लागि प्रहरीमा पुगेका थिए ।
निर्माण व्यवसायी पाण्डेले ठगी गरेको भन्दै जिल्ला प्रशासनका कार्यालयमा पनि १६ जनाले पाण्डेविरुद्ध उजुरी दिएका थिए । ४ करोड ४५ लाख रुपैयाँ ठगी गरेको भन्दै पाण्डेविरुद्ध उजुरी परेको थियो ।
सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रालिले स्थानीय अनुप पाण्डेको अष्ट भैरव निर्माण सेवा कम्पनीलाई पेटी ठेक्का दिएको थियो । तर समयमै काम गर्न नसकेपछि भारतीय निर्माण कम्पनी तथ्यले पाण्डेसँग सम्झौता तोडेको थियो । –उकेरा डटकम
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन