
१रिलायन्स फाइनान्स पोखरा शाखाद्वारा रक्तदान
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
४रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
५नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
६फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
७बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
८अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
९स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
१०कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
११उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
१२रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
६‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
७उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
८कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
१०आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
पोखरा, १० चैत । नौं वर्ष अघि पोखरा लेकसाइडस्थित नेशनल स्कुलमा कक्षा १० मा पढ्ने मिथुन विकको हत्या गरी फरार भएका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।
प्रहरीले पर्वतको मोदी गाउँपालिका ८, चित्रेका २५ वर्षीय शिरिष विश्वकर्मालाई कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ५, सल्यानमा आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
उनीमाथि ०६९ कात्तिक २५ गते पोखरा लेकसाइडस्थित नेशनल स्कुलमा कक्षा १० मा पढ्ने मिथुन विकको हत्या गरेको आरोप लागेको छ । ‘ब्ल्याक ब्वाईज् ग्रुप’ समूह चलाएर उनीसहित २२ जनाले आपसी रिसइबीका कारण कुटपीट गर्दै विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी रमेश थापाले जानकारी दिएका छन् ।
त्यसमध्ये हालसम्म २१ जना पक्राऊ परेको र एकजना पक्राउ पर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिए । जिल्ला अदालत कास्कीबाट हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइसकेको प्रहरीले जनाएको छ ।
‘घटना लगत्तै फरार रहेका शिरिष लामो समय आफ्नो परिचय लुकाएर भारतमा गएर बसेको भन्ने खुल्न आयो । त्यसपछि अदालतबाट पक्राउ अनुमति मागेर खोजतलासमा लाग्यौं,’ एसपी थापाले भने, ‘हिजो (बुधबार) मात्रै कास्कीको अन्नपूर्ण गाउँपालिका ५, सल्यानमा आफन्तको घरमा लुकिछिपी रहेको अवस्थामा पक्राउ गर्न सफल भयौं ।’
तत्कालीन समयमा हाल पक्राउ परेका विकसहित २२ जनाविरुद्ध उजुरी परेको थियो । ‘समूहमा २२ जना थिए । उनीहरुले घटनाको समयमा निज (मिथुन विक) लाई छलफल गरौं भनेर शान्तिपाटनमा बोलाएर कटपीट र चक्कु प्रहार गरेर हत्या गरेका थिए,’ एसपी थापाले भने, ‘हाम्रो ग्रुपसँग निहुँ खोजेको होस् यसलाई मार केटा हो भन्दै कुटपीट गरेको भेटिएको छ ।’
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला