News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

Uncategorized क्राईम–न्यूज प्रमुख समाचार

संखुवासभा बस दुर्घटनामा १४ जनाको घटनास्थलमा नै मृत्यु, घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट धरान लगियो

संखुुवासभा, २६ फागुन । मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा भएको बस दुर्घटनामा परी १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइते भएका ५ जनालाई सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि धरान लगिएको छ । उनीहरुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीले जानकारी दिएका छन् ।

मादीमा भएको बस दुर्घटनाका मृतकमध्ये १० जनाको सनाखत भएको छ । मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा मादीकी अञ्जना कटुवाल, दीपक दाहाल, इन्द्रबहादुर अधिकारी, आइतबहादुर तामाङ, सविता राउत, श्याम शेर्पा, भवानी दाहाल, दीक्षा कटुवाल, चालक विपीन निरौला, सहचालक उमेर भट्टराई रहेको प्रहरीले जनाएको छ । एक जना पुरुष, दुई महिला र एक बालकको पहिचान भने खुलेको छैन ।

बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । घाइतेमध्ये युका पोखरेल र बलबहादुर कार्कीको अवस्था गम्भीर छ । सुवास गोले, तुलसा कटुवाल, अम्बिका विक खतरामुक्त भएपनि थप उपचारका लागि उनीहरुलाई पनि धरान लगिएको छ ।

डनन्यूज ट्रेन्डिङ