
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
६८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
काठमाडौँ । काठमाडौँको सडकका असङ्गठित क्षेत्रका मजदूरलाई खाना खुवाउने अभियान अहिले पनि जारी रहेको छ । बन्दाबन्दीको समयदेखि नै शुरु भएको उक्त अभियान अझै छठसम्म लैजाने योजना अभियानकर्मीको छ । काठमाडौँ महानगरपालिकाले वैकल्पिक व्यवस्था गर्ने भन्दै यसरी खाना नखुवाउन गरेको आग्रहलाई बेवास्ता गर्दै युवाले आज पनि उक्त अभियान जारी राखेको अभियान सञ्चालन गर्ने हाम्रो टिम नेपालका संयोजक विमल पन्तले जानकारी दिनुभयो ।
“विगत केही दिनदेखि हामीलाई महानगरले खाना नखुवाउन भनिरहेको छ, तर यसरी महिनौँदेखि सञ्चालन भएको अभियानलाई चाडबाडको बीचमै हामी छाड्न सक्दैनौँ”, पन्तले भन्नुभयो, “होइन भने महानगरले नै उनीहरुलाई खाना खुवाओस् ।”
सोही विषयमा आज महानगरले छलफलका लागि बोलाएको पन्तले राससलाई जानकारी दिनुभयो । आज बिहान पनि खुवाएको र साँझ पनि खाना खुवाउने क्रम जारी रहने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार झण्डै एक हजार व्यक्तिले काठमाडौँको रत्नपार्कलगायत क्षेत्रमा आएर खाना खाने गरेका छन् ।
विगतमा बन्दाबन्दीका बेला धेरै भए पनि अहिले भने सङ्ख्या कम रहेको हाम्रो टिम नेपालका सदस्य उमेश बोहराले बताउनुभयो । कतिपय अवस्थामा वास्तविक मजदूरभन्दा अन्य व्यक्तिले समेत खाना खाने गरेको बताइन्छ । विभिन्न संस्था आएर जतिखेर पनि खुवाउने गरेकाले पनि महानगरपालिकाले चासो दिएको बताउँदै बोहराले अभियानलाई अझै व्यवस्थित बनाएर लैजाने बताउनुभयो । त्यसमा महानगर र प्रहरी सबैले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गत चैत ११ गतेबाट मुलुकमा बन्दाबन्दी घोषणा गरेको थियो । त्यसको तीन दिनपछि १४ गतेबाट ‘हाम्रो टिम नेपाल’ र ‘हन्ड्रेस् ग्रुप्स नेपाल’ले सुरु गरेको अभियान अहिलेसम्म जारी छ । यसअघि अन्य विभिन्न संस्थाले समेत उक्त अभियान चलाए पनि यो समूहले भने नियमित गर्दै आएको छ ।
एकजना मजदूर पम्फा थापाले खाना खुवाउने अभियानलाई महानगरले रोक्न लागेको कुरा सुनेकाले त्यस्तो नगर्न अनुरोध गर्नुभयो । “हामी रोगले भन्दा भोकले मर्ने अवस्था छ, त्यसैले यो कामलाई नरोक्नुहोस्”, उहाँले भन्नुभयो ।
उक्त समूहले कतिपय अस्पताललगायत विभिन्न क्षेत्रमा रहेका गरिब परिवारलाई समेत खाना वितरण गर्दै आएको छ । यसअघि काठमाडौँ, ललितपुर र भक्तपुर क्षेत्रमा मेस चलाएर खाना खुवाउने अभियान थालिएको थियो ।

मानवसेवा आश्रमले भक्तपुरका मजदूरलाई बन्दाबन्दीको समयमा खाना खुवाएको थियो । उक्त कार्यक्रम रोक्ने सरकारको निर्णयपछि विभिन्न क्षेत्रमा रोकिएको अभियान रत्नपार्क क्षेत्रमा भने जारी छ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ