News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

माओवादीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं, २२ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

केन्द्रीय समितिलाई पूर्णता दिने गृहकार्य भइरहेकाले बैठक स्थगित भएको नेता हरिबोल गजुरेलले जानकारी दिए । माओवादी केन्द्रको विधान अनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय छ । तर ६३ केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ । १५ सदस्यीय पदाधिकारीमध्ये अध्यक्षबाहेक अन्य पदहरु पनि रिक्त छन् । माओवादीको केन्द्रीय समितिको बैठक शुक्रबारबाट सुरु भएको थियो ।