
१अख्तियारको शंकास्पद भूमिका : फरार अभियुक्तलाई ‘सरकारी साक्षी’ बनाउँदैं गराइयो बकपत्र
२एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
६लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
७पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
८पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
गलकोट । बागलुङमा कोरोना नियन्त्रण प्रभावकारी बनाउन ‘कोरोना महामारी, मेरो जिम्मेवारी’ सपथ खुवाउने अभियान थालिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा कोरोनासँग जुध्न प्रत्येक व्यक्तिको योगदान महत्वपूर्ण हुने भन्दै कर्मचारीलाई ‘कोरोना महामारी, मेरो जिम्मेवारी’ शीर्षकअन्तर्गत ६ बुँदाको शपथ खुवाइएर अभियानको शुरुवात गरिएको छ । उक्त अभियानअन्तर्गत आ-आफ्नो निकाय, वडास्तर, सङ्घसंस्था र कार्यालयस्तरमा एक हप्तासम्म सञ्चालन गर्ने, बजार टोल क्षेत्रमा माइकिङ गर्ने, पत्रपत्रिका, रेडियो र पर्चापम्लेटबाट व्यापक प्रचारप्रसार गरी कोरोना नियन्त्रणमा सचेतना फैलाउने प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

रोगबाट बच्ने उपाय अवलम्बन गर्न र प्रत्येक नागरिकलाई जिम्मेवारी बोध गराउने गरी सपथ खुवाउने अभियानलाई शुरु गरिएको हो । जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी, स्थानीयस्तरमा स्थानीय तहका प्रमुखको नेतृत्वमा स्वास्थ्य कार्यालय बागलुङले तयार पारेको छ बुँदे सपथ नाराले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा सहयोग पुग्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौको विश्वास छ । “हामीले छ बुँदामा तयार पारेको सपथ खुवाउने अभियान मङ्गलबार जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुबाट शुरुवात गरेका छौं” प्रजिअ न्यौपानेले भन्नुभयो, “सात दिने अभियानमा वडा स्तरसम्मै सपथ खुवाउने कार्यक्रम गरिने छ ।”
जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको कात्तिक १७ गतेको निर्णयानुसार शपथ खुवाउने अभियान थालिएको हो । जिल्लामा कोरोना रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन अभियान शुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बुधबार जिल्लास्थित सम्पूर्ण कार्यालयका प्रमुखलाई शपथ खुुवाउने कार्यक्रम रहेको छ ।
कोरोना महामारी हाम्रो जिम्मेवारी अभियानअन्र्तगत म कोरोना भाइरसबाट बच्छु, यदी आफूलाई लागेमा अरुलाई सर्नबाट जोगाउँछु, यसका लागि म जो कोहीसंग भेट्दा माक्स लगाउँछु, जो कोहीबाट दुई मिटरभन्दा पर बस्छु, नजिक जानुपरे १० मिनेट मात्रै बस्छु, केही नयाँ चिज छुनु परेमा साबुन पानीले हात धुने गर्छु र ज्वरो आएमा, खोकी लागेमा, श्वास फेर्न गाह्रो भएमा, स्वाद थाहा नपाएमा, वान्ता भएमा तथा झाडापखला लागेमा तुरुन्तै स्वास्थ्यकर्मीसँग सम्पर्क राख्नेछु भन्ने छ बुँदे सपथ खुवाइँदैछ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव