News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

Uncategorized प्रमुख समाचार

सुक्खा पहिरोका कारण बाग्लुङमा एकजनाको मृत्यु, दुईजना घाइते

बागलुङको बडिगाड गाउँपालिका वडा नं. ७ गोठानमा मोटरबाटो विस्तारका क्रममा डोजरले मोटरबाटो खनेको हेर्न आएका स्थानीय ६० वर्षीय गोपीराम कामीको माथि डाँडाबाट खसेको सुक्खा पहिरोमा परी मृत्यु भएको थियो । तस्विर साभार सामाजिक सञ्जाल

बागलुङ, १० फागुन । बाग्लुङको बडिगाड गाउँपालिकामा सुक्खा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । बडिगाड– ७ गोठानमा मोटरबाटो विस्तारका क्रममा डोजरले मोटरबाटो खनेको हेर्न आएका स्थानीय ६० वर्षीय गोपीराम कामीको माथि डाँडाबाट खसेको सुक्खा पहिरोमा परी मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विराट पौडेलका अनुसार सोही पहिरोमा परी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष ३४ वर्षीय दुर्गा विक र ४१ वर्षीय डिलबहादुर विक घाइते भएका छन् । घाइते दुवैजनाको हातमा चोट लागेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

डनन्यूज ट्रेन्डिङ