
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
११मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
दमौली, ३ फागुन । सदरमुकामस्थित दमौली अस्पताल व्यवस्थापन समिति विगत चार महिनादेखि पदाधिकारीविहीन हुँदा अत्यावश्यक निर्णय प्रभावित भएको छ । गत असोज २२ देखि व्यवस्थापन समितिका अध्यक्षलगायत सदस्यहरूको कार्यकाल सकिएर नयाँ पदाधिकारी नियुक्ति नहुँदा अस्पतालको प्रशासनिक कार्य प्रभावित भएको हो ।
गण्डकी प्रदेश सरकारमातहत रहेको दमौली अस्पतालमा स्वास्थ्य मन्त्रालयले अध्यक्ष नियुक्ति गर्नुपर्नेमा चार महिनासम्म अध्यक्ष नियुक्ति हुन नसकेको हो । अस्पतालमा अध्यक्ष नियुक्ति नहुँदा प्रशासनिक कामकाजमा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुनिल पौडेलले जानकारी दिनुभयो ।
“अध्यक्ष नियुक्ति नहुँदा आर्थिक निर्णयहरू रोकिएका छन्, यसले गर्दा अस्पताल सञ्चालनमा समेत बाधा पुग्दै आएको छ”, उहाँले भन्नुभयो, “आन्तरिक स्रोतबाट परिचालन गर्ने सबै कुरा रोकिएका छन् ।” पौडेलले पदाधिकारीविहीन भएकै कारण अस्पतालमा करारमा कार्यरत चिकित्सकलाई तलबभत्ता उपलब्ध गराउन नसकिएको बताउनुभयो ।
उहाँका अनुसार पदाधिकारीविहीन हुँदा अस्पतालमा कर्मचारी नियुक्ति पनि रोकिएका छन् । अस्पतालमा जनशक्ति कम भएको र नयाँ कर्मचारी नियुक्ति नहुँदा कार्यरत जनशक्तिले नै तोकिएभन्दा बढी समय काम गर्दै आएको पौडेलले बताउनुभयो । पच्चीस शय्या क्षमताको अस्पताल जग्गाको अभावमा स्तरोन्नति हुनसकेको छैन । प्रदेश सरकारलाई पटक–पटक जग्गा व्यवस्थापनका विषयमा जानकारी गराइएको छ । अस्पतालसँगै जोडिएको कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको जग्गामध्ये केही जग्गा अस्पताललाई उपलब्ध गराउन सिफारिस भइसकेको छ ।
अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसूतिरोगका विशेषज्ञ चिकित्सकको दरबन्दी थप हुनेछ । अस्पतालले आकस्मिक सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, मानसिक उपचार र डायलासिस सेवासमेत प्रदान गर्दै आइरहेको छ । विसं २०३४ मा स्वास्थ्यचौकीका रूपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालका रूपमा स्तरोन्नति भएको थियो ।
अस्पतालमा फोहर पानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, गाइनोलोष्टिबाट सेवा सञ्चालन, भेन्टिलेटरसहित आइसीयू कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्षलगायत सेवा विस्तार गरिएको छ । साथै शव राख्नका लागि दुई तह भएका दुईवटा मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी