
१बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
३पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
४ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१०रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
११रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१०जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
११२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१२पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
पोखरा, २ फागुन । ठेलो(छेलो) हान्ने खेल गण्डकी प्रदेशको परम्परागत मौलिक खेल हो । कास्की, बागलुङ र म्याग्दीलगायतका प्रदेशका अधिकांश जिल्लामा विभिन्न मेला तथा पर्वमा विभिन्न समुदायले आफ्नो मौलिक खेलका रुपमा यस खेलको महत्व निकै हुन्थ्यो । पर्व तथा मेलामा यसलाई छुटाइँदैनथ्यो ।
मौलिक खेल ठेलो परापूर्वकालदेखी सञ्चालन हुँदै आएकामा पछिल्लो समय लोप हुँदै गएपछि ठेलो खेलको विकास र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पोखरामा महिला तथा पुरुष खुला ठेलो खेल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रदेश खेलकुद परिषद्ले गण्डकी प्रदेश सरकार स्थापनाको अवसरमा मंगलबार पोखरा रङ्गशालामा परम्परागत ठेलो खेलको प्रतियोगिता हुने जनाएको छ । परिषद्ले प्रदेशको परम्परागत ठेलो खेल प्रतियोगिता आयोजना गरी सरकार स्थापना दिवस मनाउन लागेको हो ।
प्रतियोगितामा परम्परागत ठेलो खेलका तीन ‘इभेन्ट’ रहने परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पुरुषतर्फको दुई समूह (ठूलो र सानो ठेलो) तथा महिलातर्फको एक समूहको खेल सञ्चालन हुनेछ । प्रदेशमा परम्परागत खेलको विकास र खेललाई आधुनिक तरिकाले अघि बढाउने अभिप्रायले ठेलो खेलको आयोजना गरिएको सदस्य सचिव गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँघरमा मेला महोत्वस तथा चाडबाडको समयमा खेलिँदै आएको ठेलो खेललाई आधुनिक तरिकाले परिमार्जित गर्दै नियमसमेत बनाएर प्रतियोगिता आयोजना गर्न लागेका छौँ । ठेलो खेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा समावेश गर्नका लागि पनि आधुनिक तरिकाले लैजानुपर्ने हुन्छ ।”
प्रतियोगिताको प्रथम हुनेले उपाधिसहित रु ६० हजार पुरस्कार पाउने छन् भने द्धितीय र तृतीयले क्रमशः रु ३० हजार र १५ हजार प्राप्त गर्नेछन् । गाउँमा खेलिनेभन्दा केही फरक तरिकाले प्रतियोगिता सञ्चालन हुने बताइन्छ । पहिलो चरणमा तीन पटकसम्म प्रतियोगिले प्रहार गर्न पाउने छन् । खेलाडीले चाहेको खण्डमा लगातार तीन पटकनै प्रहार गर्न पनि पाउनेछन् । यस्तै खेलमा दुई वा सो भन्दा बढी खेलाडीको नतिजा बराबर भएमा खेलाडीको दोस्रो नतिजाको वरियतालाई आधार मानेर नतिजा घोषणा हुनेछ ।
दोस्रो नतिजामा समेत बराबरी भएमा क्रमशः तेस्रो, चौथो, पाँचौँ र छैटौँ प्रहारको उत्कृष्ट नतिजाको आधारमा विजेता घोषणा गरिने छ । ठेलो एक हातलेमात्रै फाल्न पाउने र ठेलो फाल्दा साँधमा (निश्चित घेरा) टेकेर फाल्नुपर्नेछ भने फालिएको ठेलो नखसेसम्म बाहिरी भूभागमा छुन गए मान्यता नपाइने नियम बनाइएको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति