
१पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
२‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
५जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
६फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१०मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
११सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
पोखरा, २ फागुन । ठेलो(छेलो) हान्ने खेल गण्डकी प्रदेशको परम्परागत मौलिक खेल हो । कास्की, बागलुङ र म्याग्दीलगायतका प्रदेशका अधिकांश जिल्लामा विभिन्न मेला तथा पर्वमा विभिन्न समुदायले आफ्नो मौलिक खेलका रुपमा यस खेलको महत्व निकै हुन्थ्यो । पर्व तथा मेलामा यसलाई छुटाइँदैनथ्यो ।
मौलिक खेल ठेलो परापूर्वकालदेखी सञ्चालन हुँदै आएकामा पछिल्लो समय लोप हुँदै गएपछि ठेलो खेलको विकास र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पोखरामा महिला तथा पुरुष खुला ठेलो खेल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रदेश खेलकुद परिषद्ले गण्डकी प्रदेश सरकार स्थापनाको अवसरमा मंगलबार पोखरा रङ्गशालामा परम्परागत ठेलो खेलको प्रतियोगिता हुने जनाएको छ । परिषद्ले प्रदेशको परम्परागत ठेलो खेल प्रतियोगिता आयोजना गरी सरकार स्थापना दिवस मनाउन लागेको हो ।
प्रतियोगितामा परम्परागत ठेलो खेलका तीन ‘इभेन्ट’ रहने परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पुरुषतर्फको दुई समूह (ठूलो र सानो ठेलो) तथा महिलातर्फको एक समूहको खेल सञ्चालन हुनेछ । प्रदेशमा परम्परागत खेलको विकास र खेललाई आधुनिक तरिकाले अघि बढाउने अभिप्रायले ठेलो खेलको आयोजना गरिएको सदस्य सचिव गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँघरमा मेला महोत्वस तथा चाडबाडको समयमा खेलिँदै आएको ठेलो खेललाई आधुनिक तरिकाले परिमार्जित गर्दै नियमसमेत बनाएर प्रतियोगिता आयोजना गर्न लागेका छौँ । ठेलो खेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा समावेश गर्नका लागि पनि आधुनिक तरिकाले लैजानुपर्ने हुन्छ ।”
प्रतियोगिताको प्रथम हुनेले उपाधिसहित रु ६० हजार पुरस्कार पाउने छन् भने द्धितीय र तृतीयले क्रमशः रु ३० हजार र १५ हजार प्राप्त गर्नेछन् । गाउँमा खेलिनेभन्दा केही फरक तरिकाले प्रतियोगिता सञ्चालन हुने बताइन्छ । पहिलो चरणमा तीन पटकसम्म प्रतियोगिले प्रहार गर्न पाउने छन् । खेलाडीले चाहेको खण्डमा लगातार तीन पटकनै प्रहार गर्न पनि पाउनेछन् । यस्तै खेलमा दुई वा सो भन्दा बढी खेलाडीको नतिजा बराबर भएमा खेलाडीको दोस्रो नतिजाको वरियतालाई आधार मानेर नतिजा घोषणा हुनेछ ।
दोस्रो नतिजामा समेत बराबरी भएमा क्रमशः तेस्रो, चौथो, पाँचौँ र छैटौँ प्रहारको उत्कृष्ट नतिजाको आधारमा विजेता घोषणा गरिने छ । ठेलो एक हातलेमात्रै फाल्न पाउने र ठेलो फाल्दा साँधमा (निश्चित घेरा) टेकेर फाल्नुपर्नेछ भने फालिएको ठेलो नखसेसम्म बाहिरी भूभागमा छुन गए मान्यता नपाइने नियम बनाइएको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी