News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

महाभियोग प्रस्ताव दर्तापछि एमालेले बोलायो सचिवालय र दलको बैठक

काठमाडौँ । विकसित राजनीतिक घटनाक्रमपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङका अनुसार आइतबार साँझ ६ बजेलाई सचिवालय बैठक बोलाइएको छ ।

सचिवालय बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनका सांसदले दर्ता गरेको महाअभियोग प्रस्तावबारे छलफल हुनेछ ।

त्यस्तै एमालेले संसदीय दलको बैठक पनि बोलाएको छ । संसदीय दलको बैठक सोमबार बिहान ११ बजे बस्ने गरी बोलाएको उपनेता नेम्वाङले जानकारी दिए ।