
१रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
२अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
३सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
४२०६२ देखिका उच्च पदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने
५मन्त्री बन्न नपाएको झोंकमा द्रोर्णकुमारले दिए राजीनामा
६गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले आजै लिए सपथ
७गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेरको तयारी
८सिर्जनाको हत्यामा थप दुईजना आफ्नै भाञ्जा र ज्वाई पक्राउ
९सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कँडेल
१०सर्वोच्च अदालतबाट दोषी ठहर भएकाहरु अझै फरार
११अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
१२मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
६कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
७पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
८अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
९लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
१०कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
११महान्यायाधिवक्ता सविता भण्डारीको हर्कतहरु, ७ अर्ब रुपैयाँको राजश्व छलिमा वर्ल्डलिंकलाई क्लिन चिट
१२अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
म्याग्दी, २९ माघ । पन्ध्र वर्षको उमेरमा म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमका जलन विकसँग बिवाह गरेकी ३१ वर्षिया सुस्मिता बिकले पाँच सन्तान जन्माउनुभयो । उहाँ १६ वर्षमै आमा बन्नुभयो । सुस्मिताको कान्छो छोरा अहिले तीन वर्षको हुनुभयो ।
“सानै उमेरमा बिवाह गर्दा र छिटो छिटो बच्चा जन्माएका कारण पाठेघर खस्ने समस्याबाट पिडित हुनुपरेको छ,” दृष्टिबिहिन सुस्मिताले भन्नुभयो “अहिले श्रीमानले पनि छोडेर जानुभयो । सडकमा गीत गाएर छोराछोरी पाल्नुपरेको छ ।”
यस्तै रघुगङगा गाउँपालिका–३ पिप्लेकी ३१ वर्षीया मनिषा विश्वकर्माले पनि चार सन्तान जन्माइसक्नुभएको छ । छोरा जन्माउने आशमा परिवार नियोजनका साधन प्रयोग नगरेको उहाँ बताउनुहुन्छ । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकी विक बालबच्चाको पालनपोषण र शिक्षादिक्षामा समस्या भए पनि छोरालाई मान्यता दिने गलत सामाजिक मान्यताका कारण धेरै बच्चा जन्माएको बताउनुहुन्छ ।
ताकमकी सुस्मिता र मनिषा जस्तै कम उमेरमा बिवाह गर्ने, छिटो छिटो र धेरै बच्चा जन्माउने समाजमा धेरै छन् । शारिरिक तथा मानसिक रुपमा परिपक्क नभई सन्तान जन्माउँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा पर्ने बेनी अस्पतालका प्रमुख चिकित्सक डा जितेन्द्र कँडेलले बताउनुभयो ।
कानुन अनुसार २० वर्ष नपुगी विवाह गर्न पाइँदैन । बेनी जिल्ला अस्पतालको पछिल्लो दुई वर्षको अभिलेखमा गर्भ जाँच गराउने, गर्भपतन गराउने र स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने २० वर्षमुनीका किशोरीको संख्या अत्यधिक छ । आर्थिक वर्ष २०७६÷७७ मा बेनी अस्पतालमा २० वर्षमुनिका १४९ किशोरी सुत्केरी भएका थिए । सोही आवमा ३२ किशोरीले बेनी अस्पतालमै औषधि सेवन गरी गर्भपतन गराएकामा आठ किशोरीको शल्यक्रिया गरी गर्भपतन गराउनुपरेको थियो । त्यसैगरी आव २०७७÷७८ मा २० वर्षमुनिका १२४ किशोरीले बेनी अस्पतालमा गर्भ परीक्षण गराएकामा ९७ ले मात्र सुत्केरी सेवा लिएर आमा बने ।
सोही अवधिमा ११ किशोरीले सुरक्षित गर्भपतन गराएका थिए । गर्भपतन गराएका मध्ये सात किशोरीको शल्यक्रिया गरिएको थियो । जिल्लामा बालविवाह नरोकिनुमा चेतनास्तरलाई मात्र हेरिएको छैन । मेलाजात्रा लगाउने सामाजिक परम्परा, गरिबी, इन्टरनेटको बढ्दो कुलत र गलत स ङगतलाई जिम्मेवार मानिएको छ । जिल्ला प्रहरीमा पछिल्ला दुई आर्थिक वर्षमा एक–एक वटा मात्र बालविवाहका मुद्दा दर्ता भएका छन् ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ