
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेस माओवादीमय बन्ने भएपछि शान्ति सम्झौताको बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै ठूला षड्यन्त्र भएको दाबी गरेका छन् । दाहालकै निवासमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले ‘मधेसको मुद्दा र मधेसी जनताको अधिकारलाई स्थापित गर्ने पार्टी माओवादी नै थियो भन्ने लहर’ चलेको बेला माओवादीलाई रोक्न ठूला षड्यन्त्र भएको दाबी गरेका हुन् ।
‘मधेसको मुद्दालाई मधेसी जनताको अधिकारलाई स्थापित गर्ने पार्टी माओवादी नै थियो भन्ने लहर चल्दै थियो । यसलाई रोक्नका लागि निकै ठूला षड्यन्त्रहरु भए । राष्ट्रियस्तरबाट मात्रै होइन अन्तर्राष्ट्रियस्तरबाटै भए,’ दाहालले भने,’मधेस माओवादीमय भयो भने नेपाल नै माओवादीमय हुन्छ र यसलाई कसैले रोक्नै सक्दैन भनेर निकै ठूलो भयानक हत्याकाण्ड मच्चाइयो ।
रुपन्देही कपिलवस्तुमा पनि भए । माओवादीले केही गर्न सक्दैन भनेर राजनीतिक रूपमा ठूलै भ्रम फैलाइए । विदेशी शक्तिले बनाइदिए त्यस्ता पार्टी । नेपाली र मधेसी जनताले बनाएको पार्टी पनि हैनन् तिनी । अर्कैको डिजाइनमा बन्यो तर भनियो मधेसको मसिहा हामी नै हो ।’
उनले मधेसको मसिहा भन्ने पार्टी नै अहिले गणतन्त्र, संघीयता, पहिचान विरोधी भएर निस्किएको बताए । उनले त्यस्ता पार्टीहरु केपी ओलीसँग साँठगाँठ गर्न पुगेको पनि बताए ।
अध्यक्ष दाहालले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, पहिचान र अधिकार स्थापित गर्ने सवालमा माओवादी आन्दोलन र माओवादी नेताको निर्णायक भूमिका भएपनि देशका प्रतिक्रियावादी पुराना शासकहरुलाई स्वीकार्य नभएपछि षड्यन्त्रहरु भएको बताए ।
उनले अब लुम्बिनी र मधेस प्रदेश माओवादीमय हुने दाबी समेत गरे । त्यसक्रममा दाहालले रुपन्देहीकाे सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लालाई माओवादी प्रवेश गराएका थिए ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग