
१विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
३स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
४पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
५ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१०‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
११रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१०जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
११२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१२पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
काठमाडौं । भारतले पाँचौ पटक आईसीसी यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । वेष्ट इन्डिजमा सम्पन्न प्रतियोगिताको शनिबार राति भएको फाइनलमा भारतले इंग्ल्याण्डलाई ४ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।भारतले यसअघि सन् २०००, २००८, २०१२ र २०१८ मा पनि उपाधि जितेको थियो ।
एन्टिगुवास्थित सर भिभियन रिचर्ड स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले दिएको १९० रनको लक्ष्य भारतले ४७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । भारतका लागि साइक रसिक र निशान्त सिन्धुले अर्धशतक प्रहार गरे । रसिकले ८४ बल खेल्दै ६ चौका मद्दतमा ५० रन बनाए ।
यस्तै निशान्त सिन्धुले ५४ बल खेल्दै पाँच चौका र एक छक्का मद्दतमा अविजित ५० रन जोडे । म्यान अफ दि फाइनल बनेका राज बावाले ३५ रन योगदान गरे ।]
उनले बलिङमा पाँच विकेट लिएका थिए । दिनेश बाना १३ रनमा अविजित रहे । इंग्ल्याण्डका जोसुअ बोएडेन, जेम्स सिल्स र थोमस अस्पिनवालले दुई/दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्याण्डले ४४.५ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनायो । इंग्ल्याण्डका लागि जेम्स रेवले सर्वाधिक ९५ रन बनाए । यस्तै जेम्स सिल्स ३४ रनमा अविजित रहे ।
इंग्ल्याण्डलाई अलआउट गर्न भारतका राज बावाले ९.५ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चेर ५ विकेट लिए । यस्तै रवि कुमारले ९ ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर ४ विकेट लिए ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति