
१विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
४कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
७लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
८पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
९पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
१०लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
११मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
बेनी । गम्भीर बिरामीको उपचार गर्न म्याग्दीको बेनी अस्पतालमा स्थापना गरिएको आइसियु कक्ष उपयोगविहीन बनेको छ । गत असारमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) जनशक्ति अभावले नियमितरुपमा सञ्चालनमा आउन नसकेको हो । गण्डकी प्रदेश सरकारमार्फत अस्पतालमा दुई वटा भेन्टिलेटरसहित पाँच शय्याको आइसियु कक्ष स्थापना गरिएको भए पनि दक्ष र आवश्यक जनशक्ति नहुँदा नियमितरुपमा आइसियु कक्षलाई सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
मुख्यमन्त्री गफमात्रै हाँक्छन् !!
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ यस्तो गम्भिर अवस्थामा पनि गफ दिनमा मात्रै व्यस्त देखिन्छन् । सामाजिक सञ्जालमा लाईभ गर्ने र टेलिभिजनहरुमा अन्तार्वार्ता दिदाँमा नै फुर्सद नहुने मुख्यमन्त्रीलाई कुन जिल्लाको अवस्था के छ भन्ने हेक्कासम्म छैन । प्रदेशहरु मध्ये सबैभन्दा कमजोर व्यवस्थापन भएको प्रष्ट देखिने गण्डकी प्रदेशमा असक्षम र अदुरदर्शी नेतृत्व कैं कारण आमजनताले झन् त्रासदीपूर्ण दिनहरुको सामना गरिरहनु परेको छ । कुन अस्पतालको अवस्था कस्तो छ ? जनशक्ति पूर्ण छ कि छैन ? कोरोना संक्रमितहरुको पछिल्लो अवस्था के छ ? दिनदिनै मरिरहेका मानिसहरु पर्याप्त जनशक्ति र आधुनिक उपकरणहरुको उचित व्यवस्थापन हुन नसक्दा मरिरहेका छन् कि ? कोरोना कैं कारण मात्र मृत्यु भएको हो कि ? सही व्यवस्थापन गर्न नसकिएको हो ? यसतर्फ कुनै खोजी नै छैन मुख्यमन्त्रीको ।के छ वास्तविक स्थिति ? वा, गण्डकी प्रदेशमा निशुल्क उपचार गरिन्छ भन्दै चिच्याउँदैमा त्यस विषयलाई कानुनी हिसाबले समन्वय कसले गर्ने हो ? लगायतका विषयमा मुख्यमन्त्री गुरुङ बेखबर देखिन्छन् । ‘
आइसियु कक्ष स्थापना गरिएको चार महिना भए पनि जनशक्ति नआएपछि नियमितरुपमा सञ्चालनमा आउन नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकार मातहत रहेका जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष बनाउने प्रदेश सरकारको निर्णयबमोजिम म्याग्दीमा गत असारभित्रै दुई भेन्टिलेटर र पाँच शय्याको आइसियु मेशिन तथा उपकरण र सामग्रीको खरिद गरी जडानसमेत भएको थियो ।
प्रदेश सरकारमार्फत रु एक करोड ७८ लाख बजेट विनियोजन भएकोमा बोलपत्रमार्फत रु एक करोड २५ लाखमा आइसियु र भेन्टिलेटरको उपकरण र सामग्री खरिद गरिएको अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । आइसियु कक्ष नियमितरुपमा सञ्चालन गर्नका लागि कम्तीमा एक÷एक जना इन्टरनल मेडिसिन र बेहोस बनाउने डाक्टर (एनएसथीसियोलोजिस्ट) आवश्यक पर्ने भए पनि सो जनशक्ति नरहेकाले नियमित सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर अमृत अधिकारीले जानकारी दिनुभयो । तत्कालको लागि मेडिकल डाक्टर र स्टार्फ नर्सको व्यवस्थापन आन्तरिकरुपमा व्यवस्थापन गर्न सकिने भए पनि अन्य जनशक्ति थप गर्नुको विकल्प नरहेको उहाँको भनाइ छ ।
उहाँका अनुसार, अस्पतालमा अहिले आकस्मिकरुपमा छोटो समयको लागि मात्रै भेन्टिलेटरसहितको आइसियु कक्षमा बिरामीको उपचार गर्न सम्भव छ । अस्पतालमा पछिल्लो समय मिर्गौला पीडितको लागि डायलासिस सेवासमेत सुचारु गरिएको र कोरोनाका बिरामीको आइसोलेसनमा समेत सेवा दिनुपर्ने भएकाले जनशक्ति व्यवस्थापन गर्न जरुरी रहेको अस्पतालले जनाएको छ । भेन्टिलेटरसहितको आइसियु कक्षलाई नियमित सञ्चालन गर्न प्रदेश सरकार र विभागमा माग भए पनि अहिलेसम्म सुनुवाइ नभएको अध्यक्ष कटुवालले बताउनुभयो ।
बेनी अस्पतालमा म्याग्दी जिल्लाका साथै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका र बागलुङको पश्चिम भेगका स्थानीयले समेत सेवा लिँदै आएका छन् । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा भेन्टिलेटरसहितको आइसियुको आवश्यकता थप बढेको छ । अहिले अस्पतालमा रहेका आइसियु र भेन्टिलेटरका उपकरण प्रयोगविहीन बन्ने र अर्कोतर्फ गम्भीर प्रकृतिका कोरोना सङ्क्रमित बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौँ पु¥याउनुपर्ने बाध्यता सिर्जना भएको अस्पतालले जनाएको छ ।
भेन्टिलेटरको आवश्यकता बढ्यो :
जिल्लामा समुदायस्तरमै कोरोनाको सङ्क्रमण फैलँदै गएपछि बेनी अस्पतालमा आइसियु र भेन्टिलेटरसहित सेवा सुचारु गर्न थप दबाब बढेको छ । अहिले अस्पतालमा रहेका आइसियु र भेन्टिलेटरका उपकरण प्रयोगविहीन बन्ने र अर्कोतर्फ गम्भीर प्रकृतिका कोरोना सङ्क्रमित बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौँ पु¥याउनुपर्ने बाध्यता सिर्जना भइसकेको छ । आइसियु सञ्चालन नहुँदा यसै सातामात्रै गम्भीर प्रकृतिका कोरोना सङ्क्रमितलाई हेलिकप्टर चार्टर गरेर काठमाडौँ पु¥याइएको थियो ।
पछिल्लो समय बेनीमा लक्षणसहितका कोरोना सङ्क्रमित बढ्दै गएकाले भेन्टिलेटरसहितको आइसियु सेवाको थप आवश्यकता बढेकाले समितिले त्यसको लागि सम्बन्धित निकायमा पहल गरिरहेको अध्यक्ष कटुवालले जानकारी दिनुभयो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले भने आइसियु स्थापना भएका प्रदेशभित्रका जिल्ला अस्पताललाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयले आवश्यक तयारी थालेको जनाएको छ ।
स्वास्थ्यकर्मीमाथि भार :
बेनी अस्पतालमा रहेको दरबन्दीमध्ये विशेषज्ञ डाक्टरको जनशक्तिको चरम अभाव छ । दरबन्दीअनुसारको जनशक्ति नहुँदा एउटै व्यक्तिले दोहो¥याएर डियुटी गर्नुपर्ने बाध्यता आएको छ । अस्पतालमा एक जना मेडिकल सुपरीटेन्डेन्ट, आठ जना विशेषज्ञ र दुई जना मेडिकल डाक्टरको दरबन्दी रित्त रहेको छ । अस्पतालमा अहिले लोकसेवाबाट दुई जना मेडिकल अधिकृत, एक जना डेन्टल अधिकृत, एनएसआइएको तर्फबाट एक जना र करारमा पाँच जना गरी नौ जना डाक्टर कार्यरत रहेका छन् । हाल कार्यरतमध्ये तीन जना डाक्टरको सरुवा भइसकेको र अन्य केही डाक्टरको समेत सरुवा हुने क्रममा रहेको अस्पतालको प्रशासनले जनाएको छ । हिमाली जिल्लामा पर्ने म्याग्दीको बेनी अस्पताललाई सरकारले सुगममा राखेको र नम्बरमा पछि पर्ने भएकाले पनि यहाँ आउन डाक्टरले रुचि नदेखाउने गरेको पाइएको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव