
१विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
३स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
४पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
५ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१०‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
११रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१०२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
काठमाडौँ । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ११ वर्षपछि जित निकालेको छ। शनिबार दशरथ रंगशालामा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गर्दै नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकालेको हो ।
सन् २०११ मा भुटानलाई पराजित गरेपछि नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जितविहीन थियो। नेपालले जितको खडेरी तोड्ने क्रममा मरिससलाई १-० गोलले पराजित गर्यो।
नेपालको जितमा विमल घर्तीमगरको गोल निर्णायक बन्यो। सुमन लामाले दिएको पासमा विमलले ५५ मिनेटमा गोल गरेका हुन्।
मरिससका गोलकिपर अगाडि बढेको फाइदा उठाउँदै विमलले उत्कृष्ट फिनिसिङ गरेका थिए।
सन् २०१८ मा बंगलादेशविरूद्ध गोल गरेपछि विमलले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। ४० महिनापछि गोल गरेका विमलको यो नवौं अन्तर्राष्ट्रिय गोल हो।
विमलले गोल गरेपछि नेपालले अग्रता दोब्बर बनाउन गरेको प्रयासमा कहिले क्रसबार त कहिले पोल बाधक बन्यो। अन्जन विष्टले डिबक्सबाट उत्कृष्ट प्रहार गर्दा पोलमा लागेको थियो।
लगत्तै सुमन लामाको प्रहार बारमा लागेर फर्किएको थियो। रिबाउन्डमा जगजित श्रेष्ठको प्रहारलाई मरिसका गोलकिपरले विफल पारे। खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो।
पहिलो हाफमा नेपालका लागि सुमन लामाले डिबक्स बाहिरबाट हानेको प्रहार बार नजिकबाट बाहिरिएको थियो। यस्तै विमल घर्तिमगरले डिबक्समा पाएको अवसरमा गरेको क्रस सिधैं मरिससका गोलकिपरको हातमा पुगेको थियो।
३५ मिनेटमा मरिससले खेलमा अग्रता लिने अवसर गुमायो। एड्रियन फ्रान्कोइसले डिबक्सबाट हानेको प्रहारलाई नेपालका गोलकिपर किरणकुमार लिम्बूले विफल पारे।
४० मिनेटमा सुनील बलको क्रसमा देवेन्द्र तामाङले डिबक्सभित्रबाट गरेको हेड पनि थोरैले बाहिरिएको थियो। ५ मिनेटमा अन्जन विष्टले डिबक्सबाट दोस्रो पोल च्याप्दै प्रहार गरे पनि सफल हुन सकेनन्।
हाल फिफा वरीयताको १६९औं स्थानमा रहेको नेपालले मरिसससँग पहिलो पटक खेलेको हो। फिफा वरीयताको १७२औं स्थानमा रहेकाले मरिससविरूद्ध नेपालले मंगलबार दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति