
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
काठमाडौँ । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा राराको दुई दशकको इतिहासमा मनाङ मर्स्याङ्दी क्लबले छैटौँ र सातौँ बाहेकका सबै संस्करणमा सहभागिता जनाएको छ।
‘क्याराभान गोल्डकप’ सहित ११ पटक फाइनल पुगेको मनाङले छ पटक ट्रफी उचालेको छ। २०औँ संस्करणको जारी प्रतियोगिताको शनिबार हुने फाइनल खेलमा मनाङ सातौँ पटक उपाधिको खोजीमा हुनेछ।
मनाङले यसपटक फाइनलमा सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई नयाँ प्रतिस्पर्धी पाएको छ। एपीएफ आहा राराको इतिहासमा दोस्रो पटक फाइनल खेल्दैछ।
विसं २०६४ मा छैटौँ संस्करणमा पहिलो पटक फाइनल पुगेको एपीएफले अहिलेसम्म उपाधि उचाल्न सकेको छैन। नेपाल पुलिस क्लबसँग २–० ले पराजित भएपछि एपीएफको त्यति बेला उपाधि जित्ने सपना साकार हुन सकेन।
आहा रारामा यसपटक १४ वर्षपछि फाइनल पुगेको एपीएफ उपाधिको भोको छ। शनिबार पोखरा रङ्गशालाको मैदानमा उत्रिँदा दुबै टोलीलाई इतिहास रच्ने अवसर प्राप्त भएको छ।
नेपाल पुलिस क्लबसँग समान छ÷छ पटक उपाधि जितेको मनाङलाई २०औँ संस्करणको फाइनल जितेर सर्वाधिक ट्रफी उचाल्ने अवसर छ। एपीएफलाई पनि पहिलो पटक पोखराको मैदानमा उपाधि चुम्ने सुन्दर मौका जुरेको छ।
मनाङले विसं २०६० को दोस्रो, विसं २०६१ मा तेस्रो, २०६८ को दशौँ, विसं २०७२ मा चौधौँ, विसं २०७३ को पन्ध्रौँ र विसं २०७६ को १८ औँ संस्करणको उपाधि जितेको छ। एपीएफ जारी प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारालाई २–० ले निरास बनाउँदै अघि बढेको थियो।
क्वार्टरफाइनलमा पाहुना टोली अमेरिकाको विवाइएससीको चुनौती ३–१ गोल अन्तरले पन्छाउँदै सेमिफाइनलमा सहिद स्मारक ए डिभिजन लिगको डिफेण्डिङ च्याम्पियन र यसवर्षको लिग लिडर मछिन्द्रलाई ३–१ गोललेनै निराश बनाउँदै फाइनलको यात्रा तय गर्न सफल भएको हो।
मनाङले भने क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दैै सेमिफाइनलमा स्थान बनाएकामा बिहीबार त्रिभुवन आर्मी क्लबमाथि टाइब्रेकरमा ४–३ गोलले विजयी हुँदा फाइनलमा एपीएफलाई पहिलो पटक प्रतिस्पर्धी पाएको हो।
आहा राराको अनुभवी टोली मनाङ र बलीया टोलीलाई पाखा लगाउँदै दोस्रो पटक फाइनल पुगेका दुबै टोलीका प्रशिक्षक र टिम कप्तान फाइनलका लागि उत्साहित देखिएका छन्। दुबै टोलीका प्रशिक्षक र कप्तान यस वर्षको मोफसलको पहिलो प्रतियोगितामा उपाधि चुम्न दृढ देखिएका छन्।