News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

निर्माण सकेर टेको झिक्दा नै भाँचियो गगनगौँडा र लामगाँदे जोड्ने ६ करोडको पुल

पोखरा, १२ माघ । पोखरा महानगरपालिकाको गगनगौँडा र लामगाँदे जोड्ने पुल सञ्चालनमा नआउँदै भाँचिएको छ । ६ करोड ११ लाखमा निर्माण भएको सोमबार परीक्षणका लागि टेको झिक्ने क्रममा भाँचिएको हो ।

एलिट कन्स्ट्रक्सनले ठेक्का लिएको पुलको स्टिल ट्रस बांगिएको छ भने माथिल्ला संरचना चर्किएका छन् । कम गुणस्तरका सामग्री र प्राविधिक त्रुटीका कारण क्षति भएको स्थानीयले बताएका छन् । यस सम्बन्धमा सम्बन्धित निकायले छिट्टै नैँ छानबिन गर्नुपर्ने र किन पुल भाँचिएको हो सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग स्थानीयले राखेका छन् ।

प्रतिक्रिया