
१पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
२‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
५जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
६फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१०मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
११सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
पोखरा, ८ माघ । सशस्त्र प्रहरीको नेपाल एपिएफ फुटबल क्लबले पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्डकप’ फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको छ ।
पोखरा रङ्गशालास्थित फुटबल स्टेडियममा आज वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्नुभएका रवि थिङको दुई गोलको मद्दतमा एपिएफले पाहुना टोली भुटानिज युथ स्पोर्ट्स क्लब (बिवाइएससी) मिनेसोटा अमेरिकालाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनमा प्रवेश गर्न सफल भयो । आहा ! रारामा पहिलोपटक सहभागिता जनाएको मिनेसोटाले खेलमा अग्रता बनाए पनि जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ ।
पहिलो हाफमा दुवै टोलीबाट गोल हुन नसकेको खेलमा दोस्रो हाफको दोस्रो मिनेटमा मेगल पलफक्सले ‘हेड’मार्फत गोल गरेपछि पाहुना टोली मिनेसोटाले खेलमा अग्रता बनायो । खेलमा एक गोलले पछि परेको अवस्थामा दोस्रो हाफको २५औँ मिनेटमा एपिएफले आवास लामिछानेको गोलमार्फत खेल बराबरीमा ल्यायो ।
एपिएफका नवीन लामालाई विपक्षी टोलीका गोलकिपर दिनेश थापा मगरले ‘फाउल’ गरेपछि रेफ्री नवीन्द्र मर्हजनले एपिएफलाई पेनाल्टीको अवसर दिनुभएकामा लामिछानेले गोल गर्दै एपिएफलाई खेलमा फर्काउनुभयो ।
खेलको ८४औँ मिनेटमा वैकल्पिक खेलाडी रबि थिङले गोल गर्दै एपिफएलाई अग्रता दिलाउनुभयो । थप गरिएको समयको चौथो मिनेटमा थिङले पुनः अर्को गोल गर्दै एपिफएको जित सुनिश्चित गर्नुभयो । खेलमा दुई गोल गर्नुभएका थिङ ‘म्यान अफ दि म्याच’ घोषित हुँदै रु आठ हजार नगद पुरस्कार पाउनुभयो ।
खेलपछिको पत्रकार सम्मेलनमा एपिएफका प्रशिक्षक कुमार थापाले रक्षापङ्क्तिको गल्तीका कारण पहिलो गोल खान पुगेपनि पछि सुधारिएको खेल प्रदर्शन गरेर जित हासिल भएको बताउनुभयो । आगामी खेलमा टोलीको प्रदर्शनमा थप सुधार गरिने उहाँले उल्लेख गर्नुभयो ।
बिवाइएससीका प्रशिक्षक प्रलयराज भण्डारीले विपक्षीले पेनाल्टी पाउनु नै खेलको टर्निङ प्वाइन्ट बनेको बताउनुभयो । उहाँले प्राप्त अवसरमा खेलाडी गोल गर्न असमर्थ हुँदा पराजित हुनपुगेको टिप्पणी गर्नुभयो । प्रतियोगितामा आइतबार छपटकको च्याम्पियन मनाङ मस्र्याङदी क्लब र पाँचपटकको उपाधि विजेता नेपाल पुलिस फुटबल क्लबबीच खेल हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।
मनाङले सिधै क्वारटफाइनलमा स्थान बनाएकामा पुलिसले शुक्रबार सडन डेथमा हिमालयन शेर्पा क्लबलाई पराजित गरी क्वाटरफाइनल प्रवेश गरेको हो । आगामी माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ‘ए डिभिजन’का आठ क्लबसहित १० टोलीको सहभागिता छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी