
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, ८ माघ । सशस्त्र प्रहरीको नेपाल एपिएफ फुटबल क्लबले पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्डकप’ फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको छ ।
पोखरा रङ्गशालास्थित फुटबल स्टेडियममा आज वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्नुभएका रवि थिङको दुई गोलको मद्दतमा एपिएफले पाहुना टोली भुटानिज युथ स्पोर्ट्स क्लब (बिवाइएससी) मिनेसोटा अमेरिकालाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनमा प्रवेश गर्न सफल भयो । आहा ! रारामा पहिलोपटक सहभागिता जनाएको मिनेसोटाले खेलमा अग्रता बनाए पनि जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ ।
पहिलो हाफमा दुवै टोलीबाट गोल हुन नसकेको खेलमा दोस्रो हाफको दोस्रो मिनेटमा मेगल पलफक्सले ‘हेड’मार्फत गोल गरेपछि पाहुना टोली मिनेसोटाले खेलमा अग्रता बनायो । खेलमा एक गोलले पछि परेको अवस्थामा दोस्रो हाफको २५औँ मिनेटमा एपिएफले आवास लामिछानेको गोलमार्फत खेल बराबरीमा ल्यायो ।
एपिएफका नवीन लामालाई विपक्षी टोलीका गोलकिपर दिनेश थापा मगरले ‘फाउल’ गरेपछि रेफ्री नवीन्द्र मर्हजनले एपिएफलाई पेनाल्टीको अवसर दिनुभएकामा लामिछानेले गोल गर्दै एपिएफलाई खेलमा फर्काउनुभयो ।
खेलको ८४औँ मिनेटमा वैकल्पिक खेलाडी रबि थिङले गोल गर्दै एपिफएलाई अग्रता दिलाउनुभयो । थप गरिएको समयको चौथो मिनेटमा थिङले पुनः अर्को गोल गर्दै एपिफएको जित सुनिश्चित गर्नुभयो । खेलमा दुई गोल गर्नुभएका थिङ ‘म्यान अफ दि म्याच’ घोषित हुँदै रु आठ हजार नगद पुरस्कार पाउनुभयो ।
खेलपछिको पत्रकार सम्मेलनमा एपिएफका प्रशिक्षक कुमार थापाले रक्षापङ्क्तिको गल्तीका कारण पहिलो गोल खान पुगेपनि पछि सुधारिएको खेल प्रदर्शन गरेर जित हासिल भएको बताउनुभयो । आगामी खेलमा टोलीको प्रदर्शनमा थप सुधार गरिने उहाँले उल्लेख गर्नुभयो ।
बिवाइएससीका प्रशिक्षक प्रलयराज भण्डारीले विपक्षीले पेनाल्टी पाउनु नै खेलको टर्निङ प्वाइन्ट बनेको बताउनुभयो । उहाँले प्राप्त अवसरमा खेलाडी गोल गर्न असमर्थ हुँदा पराजित हुनपुगेको टिप्पणी गर्नुभयो । प्रतियोगितामा आइतबार छपटकको च्याम्पियन मनाङ मस्र्याङदी क्लब र पाँचपटकको उपाधि विजेता नेपाल पुलिस फुटबल क्लबबीच खेल हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।
मनाङले सिधै क्वारटफाइनलमा स्थान बनाएकामा पुलिसले शुक्रबार सडन डेथमा हिमालयन शेर्पा क्लबलाई पराजित गरी क्वाटरफाइनल प्रवेश गरेको हो । आगामी माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ‘ए डिभिजन’का आठ क्लबसहित १० टोलीको सहभागिता छ ।