News Portal

चर्चित शिर्षकहरु

अन्तर्राष्ट्रिय प्रमुख समाचार

पपुवा न्युगिनीको मध्य भागमा ५ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । पपुवा न्युगिनीको मध्य भागमा ५.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । शुक्रबार ६६ किलोमिटर (४१ माइल भन्दा बढी) तारी शहरको पश्चिममा उक्त भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पबाट कुनै पनि क्षति नभएको जनाइएको छ । पपुवा न्युगिनी भूकम्पीय रूपमा सक्रिय क्षेत्रमा अवस्थित छ जसलाई रिङ अफ फायर भनिन्छ । जहाँ नियमित रूपमा शक्तिशाली भूकम्प आउने गर्दछ।

डनन्यूज ट्रेन्डिङ