News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

मैले मन पराएका उपाध्यक्ष र महासचिव निर्विरोध हुन्छन्- ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलको उम्मेदवारीलाई स्वाभाविक रुपमा लिने बताएका छन् ।सम्पादकहरुसँग काठमाडौँमा सम्पादकहरूसँग भएको अन्तरक्रियामा अध्यक्ष ओलीले लोकतन्त्रमा चुनौती स्वाभाविक भएको बताए ।

‘रावलजीले मलाई चुनौती दिनु भएको छ । मैले बढी खटेकाले आराम दिन खोज्नु भएको हो । उहाँको स्नेहपूर्ण सुझाववाट प्रभावित छु । रावलजीलाई मन पराउनेहरूले मैले विश्राम लिए हुन्छ भन्ने देखिन्छ । तर, रावलजीको मनमा यो छैन,’ उनले भने ।

अध्यक्ष ओलीले आफ्नो उम्मेदवारी टुंगो नलागेको पनि बताए । ‘म उठने/ नउठने कुनै टुंगो गरेको छैन । मलाई कसैले चुनौती दिन खोज्यो भने लोकतन्त्रमा चुनौती स्वाभाविक हो,’ उनले भने ।

आफू उठ्दा अरुले प्रतिस्पर्धा नगरोस भनेर आफूले नचाहने उनको भनाइ थियो । ‘म उठ्ने भएकाले अरू नउठुन भन्ने चाहन्नन । नउठोस् भनेर दबाब दिने छैन । सहमति हुँदैन भने मैले सहमति गर भनेर कर गर्दिन । करकाप गरेर सहमति गर भन्दिन, म अवसरमा भाँजो हाल्दिन, सबैलाई चुनाव लड्न दिनेछु,’ उनले भने ।

मैले मन पराएका उपाध्यक्ष र महासचिव निर्विरोध हुन्छन्
अध्यक्ष ओलीले आसन्न १०औँ महाधिवेशनमा आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित हुने दाबी गरेका छ ।

स्थायी कमिटी बैठक छाडेर पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित हुने र यदी निर्विरोध नभएमा बढी मत ल्याएर निर्वाचित हुने बताए । आफू अध्यक्षमा उठ्ने नउठ्ने निर्णय भइनसकेको उनले बताए ।