News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

एमाले अध्यक्षमा भीम रावलले उम्मेद्वारी दिने

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका लागि उम्मेद्वारी दिने भएका छन्। आइतबार दिउँसो ३ बजे काठमाडौंमा पत्रकार सम्मेलन गरि रावलले आफ्नो उम्मेद्वारी सार्वजनिक गर्न लागेको बताइएको छ ।

रावलले यसअघिनै प्रष्ट नभने पनि अनौपचारिक रुपमा कार्यकर्तासँग परामर्श गरेका थिए। दस बुँदे सहमति कार्यान्वयन नभएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग रावलको सम्बन्ध बिग्रिएको छ। दस बुँदे कार्यान्वयन गर्न असहयोग गरेको भन्दै रावलले कार्यदलबाटसमेत राजीनामा दिएका थिए।

एमालेमा पार्टीभित्रको अन्तरसंघर्षका क्रममा रावल माधव नेपाल समूहमा थिए। तर माधव नेपालले नयाँ पार्टी गठन गरेपछि रावल एमालेमै बसेका हुन्। नेकपा एमालेको १० महाधिवेशन आगामी मंसिर १० गतेदेखि चितवनमा हुँदैछ।