News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश प्रमुख समाचार

आज घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० तोकिएको छ ।

साताको पहिलो कारोबार दिन हिजो प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियो । जसअनुसार सुनको मूल्य ७ सय रुपैयाँले घटेको हो । तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।