News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार समाचार

दाङमा बस दुर्घटना हुँदा २९ घाइते

दाङ । यात्रुबहाक बस दुर्घटना हुँदा दाङमा २९ जना घाइते भएका छन् ।

वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ आउँदै गरेको कर्णाली प्रदेश००–००१ख०२१९ नंको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका हुन् ।

आइतबार बिहान पौने २ बजेतिर बसको पट्टा भाचिएर दुर्घटनामा परेको हो । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सात जना घाइतेको थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको नाम ठेगाना भने खुल्न बाँकी रहेको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।