News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

एमाले एक्लै निर्वाचनमा लड्न सक्षम छ- ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताएका छन् । काठमाडौँ महानगरपालिकाले आज आयोजित नेपाल सम्वत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमाले कसैको वैशाखी नटेकेर आफैँ निर्वाचनमा लड्न सक्षम रहेको बताए ।

हामी आफैँ निर्वाचन लड्न सक्षम छौँ । आफैँ जित्छ’, उनले भने । अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई देख्न नसक्नेहरु फुटाएको आरोप लगाउँदै एमालेलाई सिध्याउन सबै राजनीतिक दल आए पनि केही फरक नपर्ने बताए ।

‘सत्ता गठबन्धनका केही दलले निर्वाचनसम्म सँगै जान्छौँ भनेका छन्’, उनले भने, ‘तर नेपाली कांग्रेसले त्यसो भनेको हामीले सुनेका छैनौँ । अरु दल कांग्रेसको औँला नसमातेर हिँड्न सक्दैनन् ।’ सो अवसरमा अध्यक्ष ओलीले नेपाल सम्वत्को क्यालेण्डरसमेत सार्वजनिक गरेका छन् ।