News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

कट्टुमा बाँधिएको २ केजी सुनसहित विमानस्थलबाट दुईजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ केजी सुनसहित २ जनालाई पक्राउ गरेको छ । नेपाल एयरलाइन्सको जहाजमार्फत दुबईबाट आएका सिरहाका सिताराम चौधरी र सरोज सहनी पक्राउ परेका छन् ।

विमानस्थलबाट बाहिरिएर पार्किङ क्षेत्रबाट उनीहरु पक्राउ परका हुन् । सुन भित्रिँदै छ भन्ने गोप्य सूचनापछि विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले जहाज ल्याण्ड गर्नुअघिबाटै निगरानीमा बढाएको थियो ।

प्रहरीका अनुसार दुवैजनाले लेदाे बनाएर कट्टुमा बाँधेर सुन भित्र्याएका थिए । विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेशनाथ बास्तोलका अनुसार पक्राउ परेका दुइजनाले एक–एक प्याकेट बनाएर कट्टुमा बाँधेर उक्त सामान भित्र्याएका थिए ।

‘सुन जस्तो देखिने एक–एक प्याकेट सामान कट्टुभित्र बाँधेर ल्याएका छन्, लेदो अवस्थामा पहेलो वस्तु भेटेका छौं, अब परीक्षण गरेपछि मात्रै सबै कुराको टुंगो लाग्छ ।’ बास्तोलाका अनुसार पक्राउ परेका दुवैजना वैदेशिक रोजगारीबाट फर्किएका थिए ।

विमानस्थलको एक्सरे मेसिनको सुरक्षा जाँच नै पार गरेर कसरी सुन भित्रियो भन्नेबारे पनि अनुसन्धान भइरहेको छ । खाडी मुलुक र मलेसियाबाट आउने नेपाली कामदारलाई सुन तस्करले आर्थिक प्रलोभनमा पारेर सुन बोकाएर पठाउने गरेको यसअघिका घटनाबाट पनि देखिन्छ ।

यो पटक पनि त्यही शैलीमा तस्करीको सुन भित्र्याइएको हुनसक्ने आशंका छ ।