
१डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
२पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
३विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
४सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
५ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
६विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
११शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
९सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१०आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
११फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१२‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
पोखरा । बंगलादेशका पर्यटन व्यवसायी र पोखराका पर्यटन व्यवसायीबीच पर्यटकीय साझेदारीलगायतका विषयमा पोखरामा छलफल भएको छ ।
बिहीबारको छलफलमा दुवै ठाउँका पर्यटन व्यवसायीहरूले कोरोना प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन पहल गर्ने समझदारी भएको हो । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपालको निमन्त्रणामा बंगलादेशी टिम पोखरा आएको हो ।
छलफलका क्रममा पाटा नेपालका कार्यकारी सदस्य टीकाराम सापकोटाले अझै धेरै पर्यटक पठाइदिन आग्रह गरे । ‘बंगलादेश नेपालका लागि राम्रो पर्यटक आउने देश हो । कोभिडअघि उहाँहरूको भ्रमण धेरै हुन्थ्यो । खर्च पनि धेरै गर्ने पर्यटक आउँछन्,’ उनले भने, ‘अहिले सुस्ताएको छ । अब पनि धेरै पर्यटक पठाइदिन आग्रह गरेका छौँ ।’
व्यवसायीबीचमा विजनेस नेटवर्किङका हिसाबले कार्यक्रम आयोजना गरिएको उनले बताए । उनका अनुसार कोरोना संक्रमणअघि वार्षिक २६ हजार बंगलादेशी पर्यटक नेपाल घुम्न आउँथे । अहिले मुस्किलले एक हजार ५०० जति छन् । पाता बंगलादेशका अध्यक्ष शहीद हमिदले नेपाल पर्यटकका लागि उत्कृष्ट गन्तव्य भएकाले पर्यटक पठाउन गाह्रो नपर्ने बताए ।
‘यहाँ घुम्ने ठाउँहरू धेरै छन् । सुन्दर प्रकृति छ । पर्यटकहरू यहाँ आउन लालयित छन्,’ उनले भने, ‘खाली कोरोनाका कारण अप्ठ्यारोा परेको हो । अब विस्तारै मान्छेहरू घुम्न निस्किएका छन् ।’
उनले दुई देशबीच पर्यटकीय सम्बन्ध मजबुत बनाउनुपर्ने बताए । पाटा बंगलादेशका पदाधिकारी, पर्यटन व्यवसायी र संचराकर्मीसहित १८ जनाको टोली पोखरा आएको छ । उनीहरूले पोखराको भ्रमण पनि गरेका छन् ।