News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

न्यायालयमा विवादमा सरकार मुख दर्शक हुनु हुँदैन- कांग्रेस नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा भइरहेको विवादमा सरकार मुख दर्शक हुन नमिल्ने बताएका छन् । आज (बुधवार) विराटनगर विमानस्थलमा पत्रकारसँग नेता सिंहले न्यायालय स्वतन्त्र निकाय भए पनि त्यहाँ विवाद भएमा विधिसम्मत तरिकाले समाधान गर्नुपर्ने बताए ।

एक-दुई जना व्यक्तिका कारण सिङ्गो न्यायालयलाई नै विकृत बनाउन नहुने उनको भनाई छ । शेरबहादुर देउवाको नेतृत्व असफल भएकाले कांग्रेसलाई जनताले विश्वास गर्न छाडेको भन्दै उनले अब नेतृत्व परिवर्तन जरुरी भएको बताए । पार्टीको आगामी महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने समेत उनले दोहोर्‍याएका छन् ।