News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

पोखरामा ठाउँ–ठाउँमा टायर बाल्दै आन्दोलनकारी, ७ जना पक्राउ

पोखरा । आज नेपाल बन्दको दिन पोखरामा आन्दोलनकारीहरुले ठाउँ–ठाउँमा प्रहरीको आँखा छल्दै टायर बालेर विरोध जनाई रहेका छन् । यता, प्रहरीले बन्द गराउन सडकमा आएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केही कार्यकर्ताहरुलाई पक्राउ गरेको छ ।

विहानैदेखि सडकमा देखिएका नेकपाका कार्यकर्ताले मुख्य–मुख्य सडक र राजमार्गहरुमा टायर बाल्दै विरोध गरिरहेका छन् । पोखराका मुख्य–मुख्य चोकहरुमा विहानदेखि अहिलेसम्म ठाउँ ठाउँमा टायर बाल्दै बन्दलाई सफल पार्न आह्वान गरिएको नेकपा कास्कीले जनाएको छ ।

प्रहरीसँग लुकामारी खेल्दै बन्दकर्ताहरुले गरिरहेको प्रदर्शनका क्रममा प्रहरीले अहिलेसम्म ७ जनालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले ७ जना बन्दकर्ताहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

यता, नेकपा कास्कीका इञ्चार्ज उमा भूजेलले शान्तिपूर्ण रुपमा आयोजना गरिएको बन्द कार्यक्रमलाई सफल बनाउन आह्वान गर्दै पक्राउ परेकाहरुलाई तत्काल रिहाई गर्न र प्रहरी हस्तक्षेप तत्कालै बन्द गर्न चेतावनी दिएकी छिन् ।

डनन्यूज ट्रेन्डिङ